०७ साउन २०८३, बिहीबार
राजनीति

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, महरा बने आर्थिक मामिला मन्त्री

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, महरा बने आर्थिक मामिला मन्त्री
फाइल तस्बिर

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री लीला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका हुन् । 
यससँगै लुम्बिनीको १० सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । शनिबारको मन्त्रिपरिषद्‌ विस्तारअनुसार लुम्बिनी सरकारको आर्थिक मामिला मन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन् । 

यसैगरी चेतनारायण आचार्य खानेपानी, ग्रामिण तथा शहरी विकासमन्त्री, इन्द्रजित थारु भौतिक पूर्वाधार विकास मन्त्री र विष्णु प्रसाद पन्थी स्वास्थ्यमन्त्री भएका छन् । 

यसैगरी कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री, दुर्गा प्रसाद चौधरी वन तथा वातावरण मन्त्री, जानकी प्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री, तुलसी राम शर्मा, कृषि तथा भूमि व्यवस्था मन्त्री र चन्द्रदेव गुप्ता सामाजिक विकास मन्त्री नियुक्त भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता ऋषिराम पन्थीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्