०३ असार २०८३, बुधबार

त्रिभुवन विमानस्थलको गेटैबाट आधा किलो सुनसहित २ भारतीय पक्राउ

त्रिभुवन विमानस्थलको गेटैबाट आधा किलो सुनसहित २ भारतीय पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेट नजिकैबाट ५ सय ग्राम (आधा किलो) सुनसहित २ जना भारतीय नागरिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारतीय नागरिक ३१ वर्षीय गिरिश चन्देरलाल थडानी र ३४ वर्षीय मुकेश कुंदन आठवाणी रहेका त्रिभुवन अन्तराष्ट्रिय विमास्थल सुरक्षा प्रहरीले जनाएको छ। 

इन्डिगो एयरलाइन्सको उडानद्वारा मुम्बईबाट काठमाडौं आएका थडानीको साथबाट २ सय ५० ग्राम र आठवाणीको साथबाट २ सय ५० ग्राम सुनजस्तो देखिने धातु अवैध रूपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्