
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा अपराह्नको समयमा हावाहुरी चल्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हावाहुरीबाट हुन सक्ने क्षतिबारे सजग रहन पनि भनिएको छ।
देशभर पश्चिमी वायुको सामान्य प्रभाव परेकाले आइतबार प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आंशिक बदली हुने र अन्यत्र मौसम सामान्यतया सफा रहने पनि महाशाखाले जनाएको छ।
त्यस्तै रातको समयमा उच्च हिमाली भेगका एक दुई स्थानमा भने हिमपात हुन सक्ने पनि महाशाखाले बताएको छ।