०३ साउन २०८३, आइतबार

हावाहुरीले मञ्च भत्काएपछि हलमा लिए लुम्बिनी प्रदेशका ७ मन्त्रीले शपथ

हावाहुरीले मञ्च भत्काएपछि हलमा लिए लुम्बिनी प्रदेशका ७ मन्त्रीले शपथ

लुम्बिनी प्रदेश सरकारका ७ जना  मन्त्रीहरूले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् ।

दाङको राजधानी देउखुरीमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार नियुक्त भएका मन्त्रीलाई शपथ खुवाएका हुन्  ।

योसँगै लुम्बिनी सरकारको मन्त्रिपरिषदले पूर्णता पाएको हो ।

पुनर्गठित मन्त्रिपरिषदमा नेकपा एमालेबाट ३ जना, नेकपा माओवादी केन्द्रबाट २ जना तथा राप्रपा र जनमत पार्टीबाट एक–एक जना नियुक्त भएका थिए ।

समारोहमा आर्थिक मामिला मन्त्री  जोखबहादुर महरा, भैतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारू,  स्वास्थ्य मन्त्री विष्णु पन्थी, वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी, उद्योग,पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकी प्रसाद यादव, कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्मा र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले शपथ लिएका हुन् ।

प्रदेश सभा भवन परिसरमा हुने भनिएको कार्यक्रम हावाहुरीले मञ्च भत्काइदिएपछि ढिलाइ भएको थियो ।

यसअघि मुख्यमन्त्री लीला गिरीसँगै एमालेका चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्णा केसीले पुस २७ गते नै शपथ लिएका थिए ।

आचार्यले खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालय र केसीले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

नवनियुक्त मन्त्रीहरूमा महरा र इन्द्रजित माओवादी केन्द्रका हुन् भने पन्थी, दुर्गाप्रसाद र शर्मा एमालेका हुन् ।

यस्तै मन्त्री यादव राप्रपाका र गुप्ता जनमत पार्टीका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्