२३ असार २०८३, मंगलबार

लघुवित्तकै कारण धेरैले आत्महत्या गर्नेसम्मको अवस्था आयो- चन्द्र भण्डारी

लघुवित्तकै कारण धेरैले आत्महत्या गर्नेसम्मको अवस्था आयो- चन्द्र भण्डारी

नेपाली कांग्रेसका सांसद डा चन्द्रकान्त भण्डारीले लघुवित्तका कारण धेरै मानिसले आत्महत्या गर्ने गरेको भन्दै सो विषयमा अनुसन्धान गर्नुपर्ने बताएका छन्।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा समय माग गरी बोल्दै सांसद भण्डारीले लघुवित्तको चर्को व्याजदरका कारण धेरै मानिसले आत्महत्या गर्नेसम्मको अवस्था आएको भन्दै यस सम्बन्धमा अनुसन्धान हुनुपर्ने बताए।

उनले लघुवित्तका कारण बढीजसो महिलाहरुले आत्महत्या गर्ने गरेका भन्दै यसबारे सरकार मौन बसेको बताए।

उनले लघुवित्तका कारण आत्महत्या गर्न बाध्य मानिसलाई सरकारले सुरक्षित गर्नुपर्ने बताए।

अनुसन्धान गरेर दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने सांसद भण्डारीको भनाइ थियो।

उनले भने, ‘ग्रामीण इलाकामा बस्ने जनताहरु लघुवित्तको कारणले गर्दा ४० जनाजतिले आत्महत्या गरेका छन् । चर्को व्याज र सेवा सुविधामा चर्को लेनदेनको कारणले गर्दा त्यसमा पनि अत्याधिक महिलाहरु परेको सञ्चारमाध्यमबाट आइरहेको छ ।'

उनले थपे, 'नेपालको कानूनी व्यवस्था, नेपालको न्याय प्रणाली कति छिटो, छरितो छ भन्नेकुरा रवि लामिछानेको मुद्दामा हामीले देख्यौँ । कति छिटो सर्वोच्चले फैसला गर्दोरहेछ । कति छिटो प्रहरीले अनुसन्धान गर्दोरहेछ । तर नेपालमा यतिधेरै मानिसहरुले, महिलाहरुले आत्महत्या गर्नेकुरा राष्ट्रिय समाचार बन्दापनि यसको बारेमा हामी मौन छौँ ।  यसको बारेमा जानकारी पाउनुपर्‍यो।'

salt training

कमेन्ट गर्नुहोस्