०३ असार २०८३, बुधबार

राखी सावन्तका पतिविरुद्ध बलात्कार मुद्दा दायर

राखी सावन्तका पतिविरुद्ध बलात्कार मुद्दा दायर

राखी सावन्तका पति आदिल खान दुर्रानी अझै समस्यामा पर्दै जान थालेका छन्।

एक इरानी महिलाले आदिलविरुद्ध बलात्कारको मुद्दा दायर गरेकी छन् । आदिलले विवाहको बहानामा ५ महिनासम्म बलात्कार गरेको महिलाको आरोप छ।

ती महिलाको उजुरीका आधारमा आदिलविरुद्ध प्रहरीले आईपीसीको धारा ३७६, ४१७,४२०, ५०४ र ५०६ अन्तर्गत मुद्दा दर्ता गरेको छ।

यसअघि राखी सावन्तले पनि आदिलमाथि ठगी र कुटपिट गरेको आरोप लगाएकी थिइन् ।

इरानी महिला फार्मेसी पढ्न भारत आएकी थिइन् । ती महिला मैसूरको एउटा कलेजमा भर्ना भएकी थिइनँ। जहाँ उनले आदिललाई भेटेकी थिइन्। आदिल त्यहाँ एउटा फूड आउटलेटको मालिक थिए, इरानी महिला त्यहाँ बारम्बार आउने गर्थिन्।

बिस्तारै यी दुई निकट भएका थिए। दुवै लिभिङ टुगेदरमा बसेका थिए। तर ती महिलाले आफूलाई विवाह गर्न आदिललाई आग्रह गरे पनि उनले धेरै केटीसँग समान सम्बन्ध रहेको भन्दै इन्कार गरेको बताएकी छन्।

salt training

कमेन्ट गर्नुहोस्