×

NMB BANK
NIC ASIA

उड्डयन सुरक्षामा कठोर बन्दै प्राधिकरण

प्रशिक्षक इन्जिनियर र पाइलटको तालिम वायुसेवा उत्पादक कम्पनीबाटै गनुपर्ने

फागुन २, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

यती एयरलाइन्सको एटीआर-७२ जहाज पोखरामा दुर्घटनापछि प्राधिकरणले उड्डयन सुरक्षा कुनै सम्झौता नगर्न थप कठोर बन्दै गएको बताएको छ ।

Muktinath Bank

हवाई उडान सुरक्षालाई थप सुदृढ बनाउन इन्ट्रक्चर एक्जामिनर ट्रेनिङ सम्बन्धित जहाज उत्पादकबाटै गर्नुपर्ने व्यवस्था गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो व्यवस्थापछि अब नेपालमा उडान गरिरहेको आन्तरिक उडानका वायुसेवा कम्पनीले जहाज उत्पादक कम्पनीबाटै प्रशिक्षक इन्जिनियर तथा पाइलटको तालिम दिनुपर्ने हुन्छ ।


Advertisment
Nabil box
Kumari

यो व्यवस्थाका लागि प्राधिकरणले सम्बन्धित वायुसेवा कम्पनीलाई निर्देशन दिइसकेको उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए।

Vianet communication
Laxmi Bank

प्राधिकरणको निर्देशनपछि अब आन्तरिक उडानका वायुसेवा कम्पनीले दिने यस्तो तालिम खर्चिलो भए पनि जहाज उत्पादक कम्पनीबाटै गर्नुपर्ने छ ।

प्राधिकरणको यो निर्णयले नेपालको सेफ्टिमै ठूलो सहयोग पुग्ने हवाई उड्डयन सुरक्षा विभाग प्रमुख राजु श्रेष्ठले बताए । उनका प्राधिकरणले जारी गरेको यस्तो बाध्यकारी व्यवस्थाले वायुसेवा कम्पनीको खर्च भने बढाउन सक्छ । तर, न्यूनतम स्तर भने कायम हुन्छ ।

कमर्सियल पाइलटको इजाजत (सीपीएल) परीक्षा पास गरेपछि कुन टाइपको जहाजमा उड्ने भन्ने विषय यकिन भएर पाइलटले जहाज छनोट गरेका हुन्छन् ।

सीपीएल पास गरेका पाइलटले एटीआरबाट उड्ने हो भने सोही जहाजको प्रशिक्षक पाइलटले लिने तालिम पनि एटीआरबाटै हुनुपर्छ भन्नै व्यवस्था भएको उड्डयन सुरक्षा विभागको भनाइ छ । यसका साथै पाइलटले नियमित सेड्युलमा गर्नुपर्ने सिमुलेटर तालिम पनि सम्बन्धी जहाज उत्पादक कम्पनीबाटै गर्नुपर्ने भएको छ ।

यस्तो व्यवस्था हेलिकप्टरको हकमा यस अघि नै लागू भइसकेको छ भने अब फिक्स विंङ्स (स्थिर पंखा)का जहाजले पनि अनिवार्य पालना गर्नुपर्ने भएको छ ।

यस्तो व्यवस्थापछि कुनै वायुसेवाले नियमित तालिकाअनुसार इन्जिनियर तथा प्रशिक्षक पाइलट तालिम वायुयान उत्पादकबाटै अनिवार्य गर्न प्राधिकरणले आन्तरिक वायुसेवालाई निर्देशन जारी गरिसेकेको छ ।

प्राधिकरणको यस्तो व्यवस्था वायुयान उत्पादक कम्पनीले सिफारिस गरेकै निकायबाट हुनुपर्ने भन्ने व्यवस्था भएको हो ।

यो व्यवस्थापछि यसअघि सहजताका लागि वायुसेवाले सम्बन्धित वायुसेवा उत्पादकले सिफारिस नगरेको संस्थाबाट लिने तालिम अमान्य हुने भएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । उनका अनुसार यस्तो तालिम एयरलाइन्सले आफ्नै तर्फबाट गर्दै आएका थिए ।

नेपालले पहिलोपटक जारी गर्यो नेसनल एभिएसन सेफ्टी प्लान

नेपालले हवाई उड्डयनको इतिहासमै  पहिलोपटक ‘नेसनल एभिएसन सेफ्टी प्लान’ गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाली वायुसेवाले पालना गर्नुपर्न शर्तहरू रहेको यो व्यवस्था हवाई इतिहासमा नेपाल नै पहिलो मुलुक भएको उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीले बताए ।

नेपालले आईकाओबाट जारी ग्लोबल एभिएसन सेफ्टी प्लानमा आधारित भएर आफ्नै एभिएसन सेफ्टी प्लान जारी गरिएको अधिकारीले बताए । यो विश्वकै पहिलो भएको दाबी अधिकारीको छ । अधिकारीका अनुसार नेपालले उड्डयन सुरक्षामा कुनै कमजोरी हुन नदिन सेफ्टी प्लान लागू गरिएको हो ।

पोखराबाट उडेको तारा एयरको जहाज जोमसोम जाने क्रममा गत वर्ष १५ जेठमा भएको दुर्घटनापछि इनरुट मौसमको जानकारी लागि क्यामेरा जडान भएको छ । यो प्रविधि सफल हुँदै गए काठमाडौं लुक्ला रुटको इनरुट मौसमसम्बन्धी जानकारीका लागि क्यामेरा जडान गरिने जानकारी उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

योजना आकर्षक, कार्यान्वयन पक्ष कमजोर

नेपालमा भएका जुनसुकै हवाईसम्बन्धी व्यवस्था कागजमा आकर्षक छन्, त्यसलाई व्यवहारमा लागू गर्दा भने कमजोरी हुने गरेको छ । नेपालले अंगीकार गरेका हवाई उडान र यससम्बन्धी नीति नियम सबै आकर्षक भए पनि कार्यान्वयन पक्ष कमजोर हुँदा व्यवहारमा कमजोरी हुने गरेको छ ।

प्राधिकरणले दुर्गम क्षेत्र हवाई कोष नियमावली बनाएको छ । त्यसको कार्यान्वयन नहुँदा सुगम र दुर्गम क्षेत्रको उडानमा विभेद भइरहेको छ ।

दुर्गम क्षेत्रमा उडान नगर्ने वायुसेवाले कोषमा योगदान गर्नुपर्ने व्यवस्था एक दशक अगाडिकै विषय हुन यसलाई कार्यान्वयन गरेर बलियो बनाउन प्राधिकरणले फेरि यो नियम लागू गर्ने तयारी गरिरहेको छ ।

नेपालको उड्डयनसम्बन्धी नीति नियम कागजमा राम्रो भए पनि कार्यान्वयनमा कमजोरी भइरहेको पनि एक वायुसेवाका उच्च अधिकारीले बताए ।

उनका अनुसार नेपालको उड्डयन सुरक्षा सुधार भएर ७० प्रतिशतमा पुगेको कागजमा मात्रै हो व्यवहारमा भने अझै कमजोरी नै रहेको छ ।

उड्डयन सुरक्षा व्यवहारमा कमजोरी भएकै कारण युरोपेली युनियन (ईयू)ले अहिलेसम्म नेपाली उड्डयनलाई कालोसूचीमै राखिराखेको ती अधिकारीको तर्क छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x