
काठमाडौं, ७ भदौ — शरीरका लागि पानी अत्यावश्यक पदार्थ हो । व्यक्तिको शरीर ७० प्रतिशत त पानीले नै बनेको हुन्छ । यसले शरीरलाई अनेकौं रोगबाट टाढा राख्छ । दिनभरिमा जति पानी पिएपनि राति सुत्नुअघि एक गिलास पानी पिउँदा धेरै फाइदा हुन्छ ।

यसो गर्दा शरीरको विषाक्त पदार्थ बाहिर निस्कन्छ र तौल पनि घट्छ । यसअतिरिक्त सुत्नुअघि पानी पिउँदा शरीरका अनेकौं समस्या भाग्छन् ।
राम्रो निद्रा
राति सुत्नुअघि पानी पिउँदा राम्रो निद्रा लाग्छ । यसबाट शरीरमा खनिज र भिटामिनको मात्रा सन्तुलित रहन्छ । सुत्नुअघि पानी पिउँदा मांसपेशीलाई आराम पुग्छ । दिनभरिको थकान उत्रेर राम्रो निद्रा आउँछ ।
तौल घटाउन
मोटोपनको समस्या अहिले सामान्य छ । यसलाई समाधान गर्न राति सुत्नुअघि एक गिलास चिसो पानी पिउनुस् । यसो गर्दा शरीरको अतिरिक्त क्यालोरी डढ्छ र मोटोपन कम हुन्छ ।
तनाव
आजकल व्यस्त जीवनशैलीका कारण मानिसहरूलाई कामको धेरै दबाब हुन्छ । त्यसकारण उनीहरू तनावमा रहन्छन् । राति सुत्नुअघि पानी पिउँदा राम्रो निद्रा लाग्छ र तनाव घट्छ ।
विषाक्त पदार्थ निष्क्रमण
राति सुत्नुअघि पानी पिउँदा बिहान पिसाबमार्फत शरीरको विषाक्त पदार्थ बाहिर निस्कन्छ । एसिडिटीको समस्या भएका मानिसले पनि राति सुत्नुअघि अवश्य पानी पिउनुपर्छ ।
पाचन शक्ति
गलत खानपिनका कारण मानिसहरूको पाचनशक्ति खराब हुन्छ र उनीहरूलाई केही खानेबित्तिकै पेट बिग्रन थालिहाल्छ । सुत्नुअघि पानी पिउँदा पाचनक्रिया बलियो हुन्छ ।
मुटुको समस्या
सुत्नुअघि पानी पिउँदा शरीरमा रक्तसञ्चार बढ्छ जसका कारण मुटुका धमनीहरूमा राम्ररी रगत पुग्छ । मुटुको समस्या भएकाहरूले सुत्नुअघि पानी पिउनु लाभदायक हुन्छ ।
एजेन्सी