२६ असार २०८३, शुक्रबार

प्रजातन्त्र दिवसको अवसरमा धनगढीमा प्रभातफेरी

प्रजातन्त्र दिवसको अवसरमा धनगढीमा प्रभातफेरी

आज ७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवस सुदूरपश्चिम प्रदेशमा प्रभातफेरी आयोजना गरिएको छ । सुदूरपश्चिम प्रदेश मूल समारोह समितिको आयोजनामा धनगढी ट्राफिकचोकबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालयसम्म प्रभातफेरी गरिएको हो । 

प्रभातफेरीमा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवा, आर्थिक मामिलामन्त्री नरेशबहादुर शाह, सभामुख भीमबहादुर भण्डारी, निवर्तमान मुख्यमन्त्री राजेन्द्र रावल, प्रदेशसभा सदस्य, प्रदेश प्रमुख सचिव, प्रदेशका विभिन्न मन्त्रालयका सचिव, निजामती कर्मचारी, सुरक्षा निकाय प्रमुख, सङ्घसंस्थाका पदाधिकारी, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले प्रदेश समृद्धिका लागि राजनीतिक स्थिरता हुनुपर्ने बताए । राजनीतिक स्थिरताले मात्र प्रदेशको आर्थिक समृद्धि सम्भव रहेको मुख्यमन्त्री शाहको भनाइ थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्