१९ असार २०८३, शुक्रबार

कैदीबन्दीलाई सिकाइयो योग, फलफूल समेत वितरण

कैदीबन्दीलाई सिकाइयो योग, फलफूल समेत वितरण

प्रजातन्त्र दिवसका अवसरमा डडेल्धुरा कारागारमा रहेका कैदीबन्दीलाई योग प्रशिक्षण गराइएको छ । 

योग प्रशिक्षक गोविन्द खडायतको अगुवाइमा कारागार बन्दीगृहभित्र कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई १० दिने योग प्रशिक्षण आजदेखि शुरू गरिएको हो । 

कैदीलाई स्वस्थ र विभिन्न प्रकारका मौसमी फलफूल वितरण गरेको भागेश्वर गाउपालिका–४ का वडाअध्यक्ष वासुदेव चटौतले बताए ।

कारागार कार्यालयको बन्दीगृहमा नौ महिला तथा  एक सय दुई पुरुष कैदी र पाँच महिला तथा १० पुरुष थुनुवा छन्  । 

salt training

कमेन्ट गर्नुहोस्