२४ असार २०८३, बुधबार

चितुवाको छालासहित दुई पक्राउ

चितुवाको छालासहित दुई पक्राउ

चितुवाको छाला र वन्यजन्तुको हड्डीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चिसापानीबाट खटेको प्रहरी टोलीले लम्कीचुहा नगरपालिका ३ टुक्कीबजारबाट उनीहरुलाई आइतबार पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा अछाम विनायक नगरपालिका–६ का ३६ वर्षीय तुलबहादुर विक र जुम्ला तातोपानी गाउँपालिका–४ का ५० वर्षीय तुलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेको साथबाट सात फिट १० र चौडाइ चार फिट सात इन्च चितुवाको एक थान छाला बरामद भएको छ। यसैगरी, विकले चलाएको से ५ प ८०३१ नम्बरको मोटरसाइकलमा पछाडि सवार खत्रीले जेब्रा झोलामा चितुवाको छाला र हड्डी बोकेको प्रहरीको भनाइ छ । 

कुइनेदेखि चिसापानीतर्फ मोटरसाइकलमा आउनेक्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको साउदले बताए । 

salt training

कमेन्ट गर्नुहोस्