२२ असार २०८३, सोमबार

राष्ट्रपतिबारे निर्णय लिन माओवादी केन्द्रको बैठक आज बस्दै

राष्ट्रपतिबारे निर्णय लिन माओवादी केन्द्रको बैठक आज बस्दै

राष्ट्रपति चयन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न सरकार नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ । माओवादी केन्द्रका नेता मातृका यादवका अनुसार आज सोमबार दिउँसो ४ बजे बैठक पेरिसडाँडामा बस्दैछ ।  

फागुन २५ गते हुने राष्ट्रपति चुनावका विषयमा केन्द्रित भएर छलफल हुने यादवले बताए । आइतबार साँझ कांग्रेसमा शीर्ष नेताहरुले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटार पुगेर छलफल गरेका थिए । कांग्रेसले राष्ट्रपतिमा सहयोग माग्दा प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गरेर राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते शनिबार उम्मेदवारी दर्ताको कार्यक्रम तय भएको छ । 

पुस १० मा सात दलीय गठबन्धनबाट सरकार बन्दा राष्ट्रपति नेकपा (एमाले) ले पाउने सहमति बनेको थियो । पुस २६ मा कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि राष्ट्रपतिका विषयमा नयाँ बहस शुरुभएको थियो ।  

एमालेले पुस १० गतेको सहमति कार्यान्वयनमा जोड दिएको छ । माओवादी केन्द्रले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने भनिरहेको छ । आजको बैठकले त्यस विषयमा ठोस निर्णय लिने माओवादी नेताहरुको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्