०२ साउन २०८३, शनिबार

जोगवनी नाका ठप्प, बैकल्पिक मार्गबाट आयात–निर्यात हुने

कात्तिक २०, २०७४
जोगवनी नाका ठप्प, बैकल्पिक मार्गबाट आयात–निर्यात हुने

विराटनगर, ८ भदौ– पुल क्षतिग्रस्त भएको कारण जोगवनी नाकाबाट सामान आयात÷निर्यात ठप्प भएपछि दुई देशका पदाधिकारीबीच आजदेखि वैकल्पिक नाका प्रयोगमा ल्याउने सहमति भएको छ ।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको कार्यकक्षमा बुधबार भारतको जोगवनी भन्सारका डेपुटी कमिसनर पवनकुमारसँग भएको छलफलमा भीमनगर–सुनसरीको भण्टाबारी छोटी भन्सारलाई वैकल्पिक नाकाका रुपमा प्रयोगमा ल्याउने सहमति भएको हो ।

यस सम्बन्धमा प्रजिअ रामप्रसाद आचार्यले वैकल्पिक नाका सञ्चालनका लागि आवश्यक कागजात सीमावर्ती भारतीय भन्सारलाई बुझाई सकिएकाले सम्भवतः आजैबाट वैकल्पिक नाका सञ्चालन हुने जानकारी गराए । सो मार्ग भएर विराटनगरसम्म सामानको निकासी–पैठारी गर्न ७० किलोमिटर दूरी तय गर्नु पर्दछ ।

भारतको फारविसगञ्ज–जोगवनी मार्गमा पर्ने मिरगञ्ज पुल बाढीले क्षतिग्रस्त बनाएपछि विगत पाँचदिनदेखि जोगवनी–विराटनगर नाकाबाट आयात–निर्यात ठप्प भएको हो ।

सो पुल मर्मत नभएसम्म वैकल्पिक मार्गबाट आयात–निर्यात सञ्चालन रहने प्रजिअ आचार्यले बताए । सो मार्ग बन्द भएपछि भारतमा पाँच सयभन्दा बढी कन्टेनर अलपत्र भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्