२२ असार २०८३, सोमबार

स्कटल्याण्डलाई हराएपछि पूर्वकप्तान पारसले दिए बधाई

स्कटल्याण्डलाई हराएपछि पूर्वकप्तान पारसले दिए बधाई
फाइल तस्वीर

स्कटल्याण्डसामु रोमाञ्चक जित निकालेपछि नेपालका पूर्वकप्तान पारस खड्काले बधाई दिएका छन्। 

नेपालले आज आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक ओडीआईको अन्तिम खेलमा स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको हो। 

सामाजिक सञ्जाल खड्काले लेखका छन् - साहस, दृढ संकल्प र अविश्वसनीय प्रदर्शनका लागि केटाहरूलाई धन्यवाद

कप्तान रोहित पौडेलको विशाल योगफलका कारण धर्मराइसकेको अवस्थामा पनि नेपालले स्कटल्याण्डलाई हराएको हो। 

२१३ रनको लक्ष्य पछ्याएको नेपालले आज ३५ बल बाँकी छँदै स्कटल्याण्डलाई हराएको हो। 

त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक सिरिजमा नेपालले सबै खेलमा जित निकाल्न सफल भएको छ। 

salt training

कमेन्ट गर्नुहोस्