२० असार २०८३, शनिबार

महन्थलाई राष्ट्रपतिको उम्मेदवार बनाउने प्रस्ताव लिएर लोसपाका नेताले भेटे प्रचण्ड

महन्थलाई राष्ट्रपतिको उम्मेदवार बनाउने प्रस्ताव लिएर लोसपाका नेताले भेटे प्रचण्ड

राष्ट्रपतिमा राष्ट्रिय सहमतिसहित राष्ट्रपतिको उम्मेदवार महन्थ ठाकुर पनि हुन सक्ने भन्दै सहयोगका लागि लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूले विभिन्न राजनीतिक दलहरूसँग छलफल थालेका छन्।

मंगलबार लोसपाका शीर्ष नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटेर राष्ट्रिय सहमतिमा राष्ट्रपतिको उम्मेदवारका रूपमा ठाकुरलाई सार्न सहयोग मागेका छन्।

राष्ट्रपतिका लागि सहमतिको उम्मेदवारको रूपमा लोसपा अध्यक्ष ठाकुर पनि उपयुक्त पात्र हुने भन्ने विकल्प सुझाइएको भेटवार्तामा सहभागी लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले बताए।

'प्रधानमन्त्रीले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन हुनुपर्ने भनेर सार्नु भएको विचारलाई हाम्रो पार्टीले पनि सकारात्मक रूपमा लिएको छ,' महतोले लोकान्तरसँग भने,'सोही क्रममा त्यसका लागि उपयुक्त पात्र ठाकुरजी पनि रहेको भन्दै हामीले उहाँको ध्यानकार्षण गराएका थियौं।'

जवाफमा प्रधानमन्त्रीले पनि सकारात्मक रूपमा लिएको उनले बताए।'तपाईं त पहिले देखि नै राष्ट्रिय सहमतिको लागि उपयुक्त पात्र हुनुहुन्छ,' प्रधानमन्त्री प्रचण्डको जवाफ उद्धृत गर्दै महतोले भने,'उहाँको नाम र प्रतिष्ठा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नै पनि स्थापित भएकाले उहाँ पनि एक उपयुक्त पात्र हो।'

अहिले नेकपा एमाले र नेपाली कांग्रेससहित विभिन्न दलहरूसँग राष्ट्रिय सहमतिका लागि छलफल थाले पनि पात्र भने नतोकिएको प्रधानमन्त्री प्रचण्डले लोसपाका नेताहरूलाई जानकारी गराएका थिए। 'तपाईंहरू पनि अन्य दलहरूसँग छलफल गर्नुहोस्, म त्यसमा सकारात्मक नै छु भनेर प्रधानमन्त्रीज्युले हामीलाई भन्नुभयो,' महतोले भने।

लोसपाका अध्यक्ष ठाकुर, वरिष्ठ नेताद्वय महतो, शरतसिंह भण्डारी, अनिल झासहित नेताहरूले मंगलवार प्रधानमन्त्रीसँग भेटवार्ता गरेका थिए।

महतोले दिएको जानकारीअनुसार लोसपाका नेताहरूले ठाकुरलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउन मंगलवार साँझ ७ बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने छन्। त्यसै गरी भोलि बुधवार बिहान ९ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने उनले बताए।

salt training

कमेन्ट गर्नुहोस्