
सत्तारुढ प्रमुख दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
राष्ट्रपति उम्मेदवारको मनोनयन दर्ता हुने दिन १३ फागुनका लागि एमालेले सचिवालय बैठक डाकेको हो।
बिहान ९ बजेका लागि बैठक बोलाइएको छ एमाले उपमहासचिव विशाल भट्टराईले लोकान्तरलाई जानकारी दिए।
राष्ट्रपति उम्मेदवार मनोनयनको मिति नजिकिए पनि दलहरूबीच सहमति हुन सकेको छैन।