जेठ २१, २०८०
विपक्षी दलहरूको अवरोधका कारण एक घण्टाका लागि स्थगित भएको संसद बैठक भोलि (सोमवार)सम्मका लागि सरेको छ । संसद सचिवालयले सूचना टाँस गरेर बैठक सोमवार बिहान ११ बजे बस्ने जानकारी दिएको हो । यसअघि आज (आइतवार...
फागुन १२, २०७९
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच चुनावअघिको गठबन्धन ब्युँताउने भद्र सहमति जुटेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको चार दलका नेताहरूको बैठकले पुरानो गठबन्धन ब्युँताउने सैद्धान्तिक सहमति गरेको एक नेताले जानकारी दिए ।
बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले पुरानो गठबन्धन ब्युँताउने सैद्धान्तिक सहमति भएको जानकारी दिए ।
‘पुरानो गठबन्धनका दलहरू मिलेर जाने कुरामा सैद्धान्तिक सहमति भयो । राष्ट्रपतिको कुरा मिल्न बाँकी छ,’ ज्वालाले लोकान्तरसँग भने, ‘राष्ट्रपतिमा हाम्रो पनि दाबी रह्यो, कांग्रेसको पनि दाबी छ । साँझ ५ बजे बसेर टुंग्याउने सहमति भएको छ ।’
कांग्रेस महामन्त्री गगन थापाले पनि राष्ट्रपति चुनावमा साझा निष्कर्षमा पुग्ने बताएका थिए । स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति चुनावका चार दल मिलेर जानुपर्ने बताएका थिए । उनले राष्ट्रपतिका लागि माधव नेपालको नाम प्रस्ताव गरेको नेता ज्वालाले बताए ।
कांग्रेस र एसले राष्ट्रपतिमा दाबी गरेपछि पार्टीभित्र आन्तरिक छलफल गर्ने भन्दै नेताहरू बालुवाटारबाट बाहिरिएका थिए । राष्ट्रपति चुनावसँगै दलहरूबीच शक्ति बाँटफाँटबारे पनि छलफल भएको थियो ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी थिए ।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि भोलि शनिवार उम्मेदवारी मनोनयन गर्ने कार्यसूची छ ।
विपक्षी दलहरूको अवरोधका कारण एक घण्टाका लागि स्थगित भएको संसद बैठक भोलि (सोमवार)सम्मका लागि सरेको छ । संसद सचिवालयले सूचना टाँस गरेर बैठक सोमवार बिहान ११ बजे बस्ने जानकारी दिएको हो । यसअघि आज (आइतवार...
निर्माण व्यवसायीहरूले आगामी असार ४ गतेभित्र सरकारले सबै आयोजनाहरूको म्याद थप नगरे निर्माणसम्बन्धि सबै कामहरू ठप्प पार्ने चेतावनी दिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले आइतवार काठमाडौंमा पत्रकार सम्...
पाल्पामा आइतवार साँझ जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । अन्य १२ जना घाइते भएका छन् । मृतक दुई जना महिला र एक जना पुरुष रहेको भए पनि उनीहरूको पहिचान खुलेको छैन । बुटवलबाट अर्घाखाँचीको ...
राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, “आजको दिन हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफ...
राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने दक्षिण अफ्रिका जान पाउने भएका छन् । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोप लागेका लामिछानेको पेसी असार २९ गतेका लागि सारेपछि उनी दक्षिण अफ्रिका जान पाउन...
नक्कली शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयको तर्फबाट ९ जना सरकारी वकिलहरूले बहस गर्ने भएका छन् । आइतवारदेखि काठमाडौं जिल्ला अदालतमा शुरू भएको थुनछेक बहसमा सरकारी वकिलको कार्यालयका तर्फबाट ९ जन...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...