माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
फागुन १२, २०७९
रुसले युक्रेनमाथि आक्रमण गरी युद्ध थालेको आज (फेब्रुअरी २४) एक वर्ष पुगेको छ ।
एक वर्षअघि भएका घटनाक्रम अहिले फेरि दोहोरिन थालेको देखिन्छ । युद्ध शुरू हुनुभन्दा निकै अघि रुसले आफ्ना सैनिकहरू युक्रेन सीमा नजिक तैनाथ गरेको थियो । उता युक्रेनले पनि डोनेत्स्क क्षेत्रका पृथक्तावादीहरूसँग लड्नका लागि सैन्य तैनाथी बढाउन थालेको थियो ।
त्यही बीचमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँग भेटघाट गरेका थिए । अनि रुसले आणविक हतियार उपयोगका लागि पूर्वाभ्यास गरेको थियो ।
युद्ध शुरू भएकै साता पूर्वी युक्रेनबाट छुट्टिन खोजेका रुसीभाषीहरूको बाहुल्य भएको डोनेत्स्क र लुगान्स्क क्षेत्रलाई पुटिनले स्वतन्त्र मुलुकको मान्यता दिएका थिए । त्यसक्रममा उनले पश्चिमविरुद्ध कडा अभिव्यक्ति दिएका थिए । त्यसलगत्तै रुसले उच्च महत्त्वको डिफेन्डर अफ द फादरल्यान्ड दिवस मनायो अनि भोलिपल्टैबाट युक्रेनी भूमिमा रुसी सैनिकहरू प्रवेश गरे ।
अहिले युद्ध एक वर्ष पुग्दा त्यस्तै किसिमको घटनाक्रम विकसित भइरहेको छ । युद्धमा परिचालन गर्नका लागि रुसका थप तीन लाख सैनिकहरू तयारी अवस्थामा रहेका छन् । पुटिन र लुकाशेन्कोबीच पुनः भेटघाट भएको छ । यसैबीचमा रुसले आणविक हतियार उपयोगको अभ्यास पनि गरेको छ ।
मंगलवार पुटिनले संसदमा पश्चिमविरुद्ध पुनः कडा अभिव्यक्ति दिएका छन् । अनि बिहीवार उनले डिफेन्डर अफ द फादरल्यान्ड डेका अवसरमा अज्ञात सिपाहीको चिहानमा पुष्पगुच्छा चढाएका छन् । अब यसपछि के हुन्छ भन्ने कुरा कसैलाई थाहा छैन ।
तर यसबीचमा चीनका शीर्ष कूटनीतिकर्मी वाङ यीले रुसको भ्रमण गरी राष्ट्रपति पुटिनसँग भेटघाट गर्नु निकै महत्त्वपूर्ण घटना हो । चीनले रुसको अर्थतन्त्र धराशायी हुन नदिनका लागि ऊर्जा तथा अन्य वस्तुको कारोबार गरिरहेको भए पनि पश्चिमले आशंका गरे जस्तो रुसलाई हातहतियार दिएको छैन । यस युद्धको सहयोद्धा बन्ने छाँटकाँट अहिलेसम्म चीनले देखाएको छैन ।
आजै मात्र चीनले युक्रेन युद्धका लागि शान्ति प्रस्ताव सार्वजनिक गरेको छ । तर वाङ र पुटिनबीचको भेटघाटमा युद्ध चाँडो अन्त्य गर्ने विषयमा कुराकानी भएको छ । तर चीनको शान्ति प्रस्तावको विषयमा वाङ र पुटिनबीच ठोस कुराकानी नभएको सञ्चारमाध्यमहरूमा खबर आएका छन् । तर युद्ध चलिरहेको बेलामा वाङ मस्को पुग्नु अनि सीले पनि रुसको भ्रमण गर्ने कार्यक्रम बन्नुले पश्चिमविरुद्ध एक किसिमको सन्देश पक्कै गएको छ ।
वसन्त याममा शुरू गर्ने नयाँ कारवाही (स्प्रिङ अफेन्सिभ) ले यस युद्धको अन्तिम परिणाम निर्धारण गर्ने कुरामा रुस विश्वस्त देखिन्छ । मंगलवारको सम्बोधनमा पुटिनले आफूहरूको लक्ष्य पूरा नहुन्जेल युद्ध जारी रहने बताएका छन् । एक वर्ष चलेको युद्धका कारण पश्चिमको हतियार क्रमशः सकिँदै गएको अवस्थामा स्प्रिङ अफेन्सिभमार्फत रुस ‘फाइट टु फिनिश’ को स्थितिमा पुग्ने मन बनाइरहेको देखिन्छ ।
उता युक्रेनले पनि विशाल प्रत्याक्रमणको रणनीति बनाइरहेको विश्लेषकहरू बताउँछन् । पश्चिमले उपलब्ध गराउने अत्याधुनिक हातहतियार तथा प्रशिक्षणको सहयोगमा युक्रेनले नयाँ प्रत्याक्रमणको योजना बनाएको हो ।
तर त्यो प्रत्याक्रमण युक्रेनले गुमाएको भूमि फिर्ता लिनका लागि मात्र हो । रुसी भूभागमा आक्रमण गर्नका लागि पश्चिमले सहयोग गर्ने संकेत अहिलेसम्म पाइएको छैन ।
यसरी रुस र युक्रेन दुवैले नयाँ कारवाहीको तयारी गरिरहँदा थप रक्तपात हुने अनि युक्रेनमा विनाशको नयाँ त्रासदी लेखिने पक्का भएको छ ।
दुवै पक्षले आआफ्नो विजयका लागि निर्णायक कारवाही थाल्ने तयारी गरिरहँदा उनीहरूले केलाई विजय मान्ने हो भन्ने विषयमा मतैक्य छैन । युक्रेन सरकारले युक्रेनी भूमि ओगटेर बसेका रुसी सैनिकहरूलाई पछाडि हटाउनुलाई आफ्नो विजयका रूपमा परिभाषित गरेको छ । त्यसरी ओगटिएको भूमिमा क्राइमिया पनि पर्छ ।
अझ केही युक्रेनी अधिकारीहरू त एक कदम अघि बढेर रुसलाई टुक्य्राउने लक्ष्य हासिल गरिने कुरा बताउँदैछन् । हालै युक्रेनको राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख ओलेक्सी डानिलोभले युक्रेनी सञ्चारमाध्यम उक्राइन्स्का प्राव्दामा एउटा आलेख प्रकाशित गर्दै रुसको विद्यमान राज्य संरचनालाई भंग गर्नुपर्ने तर्क गरेका छन् ।
रुसभित्र रहेका अनेकौं समुदायका मानिसलाई मस्कोको अधीनस्थताका विरुद्ध संघर्ष गर्नका लागि प्रेरित गर्नुपर्ने उनको भनाइ छ । उनको यस भनाइलाई अतिशयोक्ति मान्दा पनि रुसलाई युक्रेनी भूभागबाट हटाउँदा मात्र पनि युक्रेनको विजय भएको ठहरिन्छ । त्यस्तो स्थितिमा रुस लज्जास्पद अवस्थामा पुग्छ र पुटिनविरुद्ध सम्भ्रान्त तथा सर्वसाधारण दुवैको विद्रोह उठ्छ ।
उता रुसका राष्ट्रपति पुटिनले युद्ध शुरू हुनुअघि युक्रेनको डोनबास क्षेत्रलाई किएभको शासनबाट मुक्त गराउने अनि देशलाई नाजीविहीकरण तथा असैन्यीकरण गर्ने लक्ष्य आफूहरूको विशेष सैन्य कारवाहीले लिएको बताएका थिए । त्यस लक्ष्यमा रुसले आंशिक सफलता प्राप्त गरेको छ ।
डोनेत्स्क र लुगान्स्क क्षेत्रका विशाल भूभागमा रुसले नियन्त्रण कायम गरेको छ भने दक्षिणतर्फ रहेको जापोरिज्या र खर्सनका पनि ठूलै भूभाग उसको कब्जामा छ । खर्सन र खार्किभमा चाहिँ रुस पछाडि फर्कन बाध्य भएको छ ।
युक्रेन पूरै कब्जामा लिन नसकेको भए पनि रुसले जनमतसंग्रह गराएर तिनलाई आफूमा मिसिएको घोषणा गरेको छ । पूरै क्षेत्र कब्जामा नलिए पनि रुसको मुख्यभूमिबाट क्राइमियासम्मको स्थलमार्ग कायम गर्न रुस सफल भएको छ ।
यस्तो अवस्थामा रुसले केलाई विजय मान्ने हो भन्ने कुरा स्पष्ट छैन । खासमा खार्किभदेखि तल ओडेसा हुँदै मोल्दोभाको ट्रान्सनिस्ट्रियासम्मको क्षेत्रलाई रुसले नियन्त्रणमा लिन सके मात्र आफूले खोजेको जस्तो सुरक्षा सुनिश्चितता पाउने सम्भावना रहन्छ । त्यस्तो अवस्थामा युक्रेन भूपरिवेष्ठित राज्य बन्छ र कृष्णसागरमा नेटोको जोखिम तेर्सिन पाउँदैन । तर रुसले युक्रेनमा सामना गरेको प्रतिकार हेर्दा त्यति परसम्मको लक्ष्यमा पुुग्ने सम्भावना न्यून देखिन्छ ।
माथि उल्लेख भएबमोजिम, रुस र युक्रेन दुवैले वसन्त याममा युद्ध निर्णायक मोडमा पुगी आफ्नो पक्षको विजय हुने विश्वास व्यक्त गरेका छन् । तर सैन्य विश्लेषकहरू घटनाक्रममा नाटकीय परिवर्तन आउने खासै सम्भावना देख्दैनन् । त्यसो हो भने यो युद्ध लामै समयसम्म लम्बिइरहन सक्छ ।
युक्रेन र रुस दुवैले यस युद्धलाई अस्तित्वको संघर्षका रूपमा लिएका छन् । युक्रेनलाई त विजयको कुनै पनि विकल्प स्वीकार्य हुँदैन किनकि ऊ पराजित भएमा सदाका लागि रुसको अधीनस्थ भएर बस्नुपर्छ । हुन पनि पुटिनले रुस, बेलारुस र युक्रेन एकै मुलुक हुन् भन्ने तर्क गर्दै दुई वर्षअघि लामो लेख नै प्रकाशित गरेर युक्रेनको पृथक् अस्तित्वलाई अस्वीकार गरिसकेका थिए ।
रुसका लागि पनि यो अस्तित्वको लडाइँ हो । यसमा पराजय बेहोरेमा रुसले पश्चिमको खटनमा चल्नुपर्ने हुन्छ र सन् १९९० को दशकको जस्तो अराजक स्थिति निम्तिन्छ ।
रुसमा पश्चिम हावी भएमा त्यस देशको बाल्कनीकरण (कम्तीमा १० वटा नयाँ देश बन्ने स्थिति) अवश्यम्भावी रहन्छ । माथि ओलेक्सी डानिलोभको प्रसंगमा पनि यसको चर्चा थियो । हेल्सिन्की कमिसनले गत जुन २३ मा रुसको गैरउपनिवेशीकरण शीर्षकमा गरेको छलफलले रुसको त्यही विभाजनको खाका कोरेको थियो र डानिलोभले पनि त्यसैलाई सन्दर्भ बनाएका हुन् । त्यसैले युक्रेनको पूर्ण पराजय नहुन्जेल पुटिन निष्क्रिय रहने अवस्था छैन ।
उता अमेरिकाले यस लडाइँलाई लोकतन्त्रका विरुद्ध निरंकुशतन्त्रको संघर्षका रूपमा चित्रित गरेको छ । लोकतान्त्रिक मुलुकहरूको गठबन्धन बनाएर निरंकुशतन्त्रलाई पराजित गर्ने अमेरिकी ध्येयलाई पूरा गर्न युक्रेन यस युद्धमा विजयी हुनैपर्छ । त्यसैले उसलाई अमेरिकाले हातहतियार दिइरहनेछ यद्यपि उसको हतियार भण्डार रित्तिँदै गएको अनि नयाँ हतियार उत्पादन अपेक्षित गतिमा हुन नसकेको स्थिति छ ।
त्यसैले यो युद्ध कहिले टुंगिन्छ भन्ने कुराको पूर्वानुमान गर्न गाह्रो छ । अहिलेसम्म परम्परागत हतियारको बलमा युद्ध भइरहेकोमा युद्ध चर्किंदै जाँदा आणविक हतियारको उपयोगको स्थिति आएछ भने चाहिँ दुर्भाग्यपूर्ण हुनेछ ।
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...