१५ असार २०८३, सोमबार
युक्रेन त्रासदीको वार्षिकी

युक्रेन युद्धको १ वर्ष: 'फाइट टु फिनिश' मूडमा पुटिन, थप प्रत्याक्रमणको तयारीमा जेलेन्स्की

फागुन १२, २०७९
युक्रेन युद्धको १ वर्ष: 'फाइट टु फिनिश' मूडमा पुटिन, थप प्रत्याक्रमणको तयारीमा जेलेन्स्की

रुसले युक्रेनमाथि आक्रमण गरी युद्ध थालेको आज (फेब्रुअरी २४) एक वर्ष पुगेको छ । 

एक वर्षअघि भएका घटनाक्रम अहिले फेरि दोहोरिन थालेको देखिन्छ । युद्ध शुरू हुनुभन्दा निकै अघि रुसले आफ्ना सैनिकहरू युक्रेन सीमा नजिक तैनाथ गरेको थियो । उता युक्रेनले पनि डोनेत्स्क क्षेत्रका पृथक्तावादीहरूसँग लड्नका लागि सैन्य तैनाथी बढाउन थालेको थियो । 

त्यही बीचमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँग भेटघाट गरेका थिए । अनि रुसले आणविक हतियार उपयोगका लागि पूर्वाभ्यास गरेको थियो । 

युद्ध शुरू भएकै साता पूर्वी युक्रेनबाट छुट्टिन खोजेका रुसीभाषीहरूको बाहुल्य भएको डोनेत्स्क र लुगान्स्क क्षेत्रलाई पुटिनले स्वतन्त्र मुलुकको मान्यता दिएका थिए । त्यसक्रममा उनले पश्चिमविरुद्ध कडा अभिव्यक्ति दिएका थिए । त्यसलगत्तै रुसले उच्च महत्त्वको डिफेन्डर अफ द फादरल्यान्ड दिवस मनायो अनि भोलिपल्टैबाट युक्रेनी भूमिमा रुसी सैनिकहरू प्रवेश गरे । 

अहिले युद्ध एक वर्ष पुग्दा त्यस्तै किसिमको घटनाक्रम विकसित भइरहेको छ । युद्धमा परिचालन गर्नका लागि रुसका थप तीन लाख सैनिकहरू तयारी अवस्थामा रहेका छन् । पुटिन र लुकाशेन्कोबीच पुनः भेटघाट भएको छ । यसैबीचमा रुसले आणविक हतियार उपयोगको अभ्यास पनि गरेको छ । 

मंगलवार पुटिनले संसदमा पश्चिमविरुद्ध पुनः कडा अभिव्यक्ति दिएका छन् । अनि बिहीवार उनले डिफेन्डर अफ द फादरल्यान्ड डेका अवसरमा अज्ञात सिपाहीको चिहानमा पुष्पगुच्छा चढाएका छन् । अब यसपछि के हुन्छ भन्ने कुरा कसैलाई थाहा छैन । 

तर यसबीचमा चीनका शीर्ष कूटनीतिकर्मी वाङ यीले रुसको भ्रमण गरी राष्ट्रपति पुटिनसँग भेटघाट गर्नु निकै महत्त्वपूर्ण घटना हो । चीनले रुसको अर्थतन्त्र धराशायी हुन नदिनका लागि ऊर्जा तथा अन्य वस्तुको कारोबार गरिरहेको भए पनि पश्चिमले आशंका गरे जस्तो रुसलाई हातहतियार दिएको छैन । यस युद्धको सहयोद्धा बन्ने छाँटकाँट अहिलेसम्म चीनले देखाएको छैन । 

आजै मात्र चीनले युक्रेन युद्धका लागि शान्ति प्रस्ताव सार्वजनिक गरेको छ । तर वाङ र पुटिनबीचको भेटघाटमा युद्ध चाँडो अन्त्य गर्ने विषयमा कुराकानी भएको छ । तर चीनको शान्ति प्रस्तावको विषयमा वाङ र पुटिनबीच ठोस कुराकानी नभएको सञ्चारमाध्यमहरूमा खबर आएका छन् । तर युद्ध चलिरहेको बेलामा वाङ मस्को पुग्नु अनि सीले पनि रुसको भ्रमण गर्ने कार्यक्रम बन्नुले पश्चिमविरुद्ध एक किसिमको सन्देश पक्कै गएको छ । 

आजै मात्र चीनले युक्रेन युद्धका लागि शान्ति प्रस्ताव सार्वजनिक गरेको छ । तर वाङ र पुटिनबीचको भेटघाटमा युद्ध चाँडो अन्त्य गर्ने विषयमा कुराकानी भएको छ । तर चीनको शान्ति प्रस्तावको विषयमा वाङ र पुटिनबीच ठोस कुराकानी नभएको सञ्चारमाध्यमहरूमा खबर आएका छन् । तर युद्ध चलिरहेको बेलामा वाङ मस्को पुग्नु अनि सीले पनि रुसको भ्रमण गर्ने कार्यक्रम बन्नुले पश्चिमविरुद्ध एक किसिमको सन्देश पक्कै गएको छ । 

वसन्त याममा शुरू गर्ने नयाँ कारवाही (स्प्रिङ अफेन्सिभ) ले यस युद्धको अन्तिम परिणाम निर्धारण गर्ने कुरामा रुस विश्वस्त देखिन्छ । मंगलवारको सम्बोधनमा पुटिनले आफूहरूको लक्ष्य पूरा नहुन्जेल युद्ध जारी रहने बताएका छन् । एक वर्ष चलेको युद्धका कारण पश्चिमको हतियार क्रमशः सकिँदै गएको अवस्थामा स्प्रिङ अफेन्सिभमार्फत रुस ‘फाइट टु फिनिश’ को स्थितिमा पुग्ने मन बनाइरहेको देखिन्छ । 

उता युक्रेनले पनि विशाल प्रत्याक्रमणको रणनीति बनाइरहेको विश्लेषकहरू बताउँछन् । पश्चिमले उपलब्ध गराउने अत्याधुनिक हातहतियार तथा प्रशिक्षणको सहयोगमा युक्रेनले नयाँ प्रत्याक्रमणको योजना बनाएको हो । 

तर त्यो प्रत्याक्रमण युक्रेनले गुमाएको भूमि फिर्ता लिनका लागि मात्र हो । रुसी भूभागमा आक्रमण गर्नका लागि पश्चिमले सहयोग गर्ने संकेत अहिलेसम्म पाइएको छैन । 

यसरी रुस र युक्रेन दुवैले नयाँ कारवाहीको तयारी गरिरहँदा थप रक्तपात हुने अनि युक्रेनमा विनाशको नयाँ त्रासदी लेखिने पक्का भएको छ । 

दुवै पक्षले आआफ्नो विजयका लागि निर्णायक कारवाही थाल्ने तयारी गरिरहँदा उनीहरूले केलाई विजय मान्ने हो भन्ने विषयमा मतैक्य छैन । युक्रेन सरकारले युक्रेनी भूमि ओगटेर बसेका रुसी सैनिकहरूलाई पछाडि हटाउनुलाई आफ्नो विजयका रूपमा परिभाषित गरेको छ । त्यसरी ओगटिएको भूमिमा क्राइमिया पनि पर्छ । 

अझ केही युक्रेनी अधिकारीहरू त एक कदम अघि बढेर रुसलाई टुक्य्राउने लक्ष्य हासिल गरिने कुरा बताउँदैछन् । हालै युक्रेनको राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख ओलेक्सी डानिलोभले युक्रेनी सञ्चारमाध्यम उक्राइन्स्का प्राव्दामा एउटा आलेख प्रकाशित गर्दै रुसको विद्यमान राज्य संरचनालाई भंग गर्नुपर्ने तर्क गरेका छन् । 

रुसभित्र रहेका अनेकौं समुदायका मानिसलाई मस्कोको अधीनस्थताका विरुद्ध संघर्ष गर्नका लागि प्रेरित गर्नुपर्ने उनको भनाइ छ । उनको यस भनाइलाई अतिशयोक्ति मान्दा पनि रुसलाई युक्रेनी भूभागबाट हटाउँदा मात्र पनि युक्रेनको विजय भएको ठहरिन्छ । त्यस्तो स्थितिमा रुस लज्जास्पद अवस्थामा पुग्छ र पुटिनविरुद्ध सम्भ्रान्त तथा सर्वसाधारण दुवैको विद्रोह उठ्छ । 

उता रुसका राष्ट्रपति पुटिनले युद्ध शुरू हुनुअघि युक्रेनको डोनबास क्षेत्रलाई किएभको शासनबाट मुक्त गराउने अनि देशलाई नाजीविहीकरण तथा असैन्यीकरण गर्ने लक्ष्य आफूहरूको विशेष सैन्य कारवाहीले लिएको बताएका थिए । त्यस लक्ष्यमा रुसले आंशिक सफलता प्राप्त गरेको छ ।

डोनेत्स्क र लुगान्स्क क्षेत्रका विशाल भूभागमा रुसले नियन्त्रण कायम गरेको छ भने दक्षिणतर्फ रहेको जापोरिज्या र खर्सनका पनि ठूलै भूभाग उसको कब्जामा छ । खर्सन र खार्किभमा चाहिँ रुस पछाडि फर्कन बाध्य भएको छ । 

युक्रेन पूरै कब्जामा लिन नसकेको भए पनि रुसले जनमतसंग्रह गराएर तिनलाई आफूमा मिसिएको घोषणा गरेको छ । पूरै क्षेत्र कब्जामा नलिए पनि रुसको मुख्यभूमिबाट क्राइमियासम्मको स्थलमार्ग कायम गर्न रुस सफल भएको छ । 

यस्तो अवस्थामा रुसले केलाई विजय मान्ने हो भन्ने कुरा स्पष्ट छैन । खासमा खार्किभदेखि तल ओडेसा हुँदै मोल्दोभाको ट्रान्सनिस्ट्रियासम्मको क्षेत्रलाई रुसले नियन्त्रणमा लिन सके मात्र आफूले खोजेको जस्तो सुरक्षा सुनिश्चितता पाउने सम्भावना रहन्छ । त्यस्तो अवस्थामा युक्रेन भूपरिवेष्ठित राज्य बन्छ र कृष्णसागरमा नेटोको जोखिम तेर्सिन पाउँदैन । तर रुसले युक्रेनमा सामना गरेको प्रतिकार हेर्दा त्यति परसम्मको लक्ष्यमा पुुग्ने सम्भावना न्यून देखिन्छ ।

रुस र युक्रेन दुवैले वसन्त याममा युद्ध निर्णायक मोडमा पुगी आफ्नो पक्षको विजय हुने विश्वास व्यक्त गरेका छन् । तर सैन्य विश्लेषकहरू घटनाक्रममा नाटकीय परिवर्तन आउने खासै सम्भावना देख्दैनन् । त्यसो हो भने यो युद्ध लामै समयसम्म लम्बिइरहन सक्छ । 

माथि उल्लेख भएबमोजिम, रुस र युक्रेन दुवैले वसन्त याममा युद्ध निर्णायक मोडमा पुगी आफ्नो पक्षको विजय हुने विश्वास व्यक्त गरेका छन् । तर सैन्य विश्लेषकहरू घटनाक्रममा नाटकीय परिवर्तन आउने खासै सम्भावना देख्दैनन् । त्यसो हो भने यो युद्ध लामै समयसम्म लम्बिइरहन सक्छ । 

युक्रेन र रुस दुवैले यस युद्धलाई अस्तित्वको संघर्षका रूपमा लिएका छन् । युक्रेनलाई त विजयको कुनै पनि विकल्प स्वीकार्य हुँदैन किनकि ऊ पराजित भएमा सदाका लागि रुसको अधीनस्थ भएर बस्नुपर्छ । हुन पनि पुटिनले रुस, बेलारुस र युक्रेन एकै मुलुक हुन् भन्ने तर्क गर्दै दुई वर्षअघि लामो लेख नै प्रकाशित गरेर युक्रेनको पृथक् अस्तित्वलाई अस्वीकार गरिसकेका थिए । 

रुसका लागि पनि यो अस्तित्वको लडाइँ हो । यसमा पराजय बेहोरेमा रुसले पश्चिमको खटनमा चल्नुपर्ने हुन्छ र सन् १९९० को दशकको जस्तो अराजक स्थिति निम्तिन्छ । 

रुसमा पश्चिम हावी भएमा त्यस देशको बाल्कनीकरण (कम्तीमा १० वटा नयाँ देश बन्ने स्थिति) अवश्यम्भावी रहन्छ । माथि ओलेक्सी डानिलोभको प्रसंगमा पनि यसको चर्चा थियो । हेल्सिन्की कमिसनले गत जुन २३ मा रुसको गैरउपनिवेशीकरण शीर्षकमा गरेको छलफलले रुसको त्यही विभाजनको खाका कोरेको थियो र डानिलोभले पनि त्यसैलाई सन्दर्भ बनाएका हुन् । त्यसैले युक्रेनको पूर्ण पराजय नहुन्जेल पुटिन निष्क्रिय रहने अवस्था छैन ।

उता अमेरिकाले यस लडाइँलाई लोकतन्त्रका विरुद्ध निरंकुशतन्त्रको संघर्षका रूपमा चित्रित गरेको छ । लोकतान्त्रिक मुलुकहरूको गठबन्धन बनाएर निरंकुशतन्त्रलाई पराजित गर्ने अमेरिकी ध्येयलाई पूरा गर्न युक्रेन यस युद्धमा विजयी हुनैपर्छ । त्यसैले उसलाई अमेरिकाले हातहतियार दिइरहनेछ यद्यपि उसको हतियार भण्डार रित्तिँदै गएको अनि नयाँ हतियार उत्पादन अपेक्षित गतिमा हुन नसकेको स्थिति छ । 

त्यसैले यो युद्ध कहिले टुंगिन्छ भन्ने कुराको पूर्वानुमान गर्न गाह्रो छ । अहिलेसम्म परम्परागत हतियारको बलमा युद्ध भइरहेकोमा युद्ध चर्किंदै जाँदा आणविक हतियारको उपयोगको स्थिति आएछ भने चाहिँ दुर्भाग्यपूर्ण हुनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्