२७ असार २०८३, शनिबार

गोविन्दे हात्ती आक्रमणबाट इजरायली नागरिकको मृत्यु

फागुन १२, २०७९
गोविन्दे हात्ती आक्रमणबाट इजरायली नागरिकको मृत्यु

रत्ननगर नगरपालिका–६ हात्तीसार नजिक जङ्गली हात्ती गोविन्देको आक्रणबाट इजरायली नागरिकको मृत्यु भएको छ ।  

मृत्यु हुनेमा ३० वर्षीय स्यामुएल बोइकानार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

ढुङ्ग्रे खोला छेउमा हात्तीले आक्रमण गरेको हो ।

घटना आज दिउँसो १२ः२० बजेको हो । योसँगै चालु आवमा जंगली जनावरको आक्रमणबाट छ जनाको मृत्यु भएको छ ।

बाघको आक्रमणबाट एक, हात्तीको आक्रमणबाट दुई र गैँडाको आक्रमणबाट तीनको मृत्यु भएको निकुञ्जले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्