०३ असार २०८३, बुधबार

राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने जसपाको निर्णय

फागुन १२, २०७९
राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने जसपाको निर्णय

 
जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ । शुक्रबार राति बसेको जसपा कार्यकारिणी समितिको बैठकले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो । 

जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले उपराष्ट्रपति जसपाले पाउने गठबन्धन दलहरुबीच सैद्धान्तिक सहमति भएको बताए । तर, पार्टी बैठकमा उपराष्ट्रपतिको उम्मेदवारको विषयमा छलफल नभएको उनको भनाइ छ । 

शुक्रबार नै आठ दलको बैठकमा राष्ट्रपति कांग्रेसलाई दिने सहमति भएलगत्तै जसपाको बैठकले कांग्रेसलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्