२५ असार २०८३, बिहीबार
नेम्वाङ राष्ट्रपतिको उम्मेदवार

राष्ट्रपति निर्वाचनका लागि सुवास नेम्वाङले गराए उम्मेदवारी दर्ता

फागुन १३, २०७९
राष्ट्रपति निर्वाचनका लागि सुवास नेम्वाङले गराए उम्मेदवारी दर्ता

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि सबैभन्दा पहिला नेकपा एमालेले आफ्नो उम्मेदवारी दर्ता गराएको छ। 

संघीय संसद् भवन नयाँ बानेश्वरमा आज एमालेका नेताहरू उपाध्यक्ष सुवास नेम्वाङको उम्मेदवारी लिएर पुगेका छन्।

प्रस्तावकमा एमाले सचिवद्वय रघुवीर महासेठ र टोपबहादुर रायमाझी, पृथ्वीसुब्बा गुरुङलगायत छन‍्। 

शनिबार पौने १ बजे नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन्। आज दिउँसो ३ बजेसम्म राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। 

salt training

कमेन्ट गर्नुहोस्