२९ जेठ २०८३, शुक्रबार

बुढासुब्बा गोल्डकपः टाइब्रेकरमा धरान स्तब्ध

फागुन १३, २०७९
बुढासुब्बा गोल्डकपः टाइब्रेकरमा धरान स्तब्ध

 २३ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा पाहुना टोली युनाइटेड खार्साङ फुटबल क्लबसँग टाइब्रेकरमा पराजित हुँदै धरान प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिष्पर्धात्मक खेलमा खार्साङसँग धरान टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित भयो । २२ औँ संस्करणमा पनि खार्साङसँग टाइब्रेकरमा नै धरान पराजित भएको थियो । निर्धारित ९० मिनेटको खेल गोल रहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा धरानका रिवस मास्केको प्रहार खार्साङका गोल किपर मनोज प्रधानले रोकेपछि धरान पराजित भएको थियो । 

खार्साङका लागी आकाश प्रधान, सुब्रतो सोरेन, सिद्धान्त क्षेत्री, साहिल साही र क्याप्टेन राज राउतले गोल गरे । धरानकालागी दोर्जे शेर्पा, मदन लाबुङ र रोमन लिम्बूले गोल गरे । खेलको म्यान अफ द म्याच खार्साङका गोल किपर मनोज प्रधान घोषित भए । उनलाई नगद ३५ हजार पुरस्कार प्रदान गरिएको थियो । उद्घाटन खेलको म्यान अफ द म्याचलाई द ब्याण्ड अफ ब्रिगेड गोर्खाले २५ हजार रुपैया पुरस्कार दिएको थियो भने नगद १० हजार धरान फुटबल क्लबले प्रदान गरेको थियो । 

जितसँगै खार्साङ सेमिफाइनलमा प्रवेश गरेको  छ । भोलीको खेल अफ्रिकन क्लब एभिनियर एफसि र बागमती युवा क्लब बीच हुने आयोजकले जानकारी दिएको छ । 

यही फागुन १३ गतेदेखि सुरु भएको प्रतियोगिता फागुन २० गतेसम्म धरान रंगशालामा चल्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्