२५ असार २०८३, बिहीबार

२० महिनापछि एमालेले स्वीकार्‍यो माधव नेपालको पार्टीको अस्तित्व

फागुन १४, २०७९
२० महिनापछि एमालेले स्वीकार्‍यो माधव नेपालको पार्टीको अस्तित्व

नेकपा एमाले विभाजन भएर गठन भएको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (एस)लाई नेकपा एमालेले औपचारिक मान्यता दिएको छ । 

नेकपा एसका अध्यक्ष माधव नेपाललाई सम्बोधन गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्राचार गरेपछि एमालेले पहिलोपटक एसको अस्तित्व स्वीकार गरेको हो । 

राष्ट्रपतिमा आफ्नो पार्टीका उम्मेदवार सुवास नेम्वाङलाई समर्थन गर्न आग्रह गर्दै ओलीले शनिवार विभिन्न दललाई पत्राचार गरेका थिए । 

त्यस क्रममा नेकपा एसका अध्यक्ष माधव नेपाललाई पनि पत्र पठाइएको थियो । 

२०७८ साउनमा एमाले विभाजन भएर नेकपा एस गठन भएको थियो । सोही वर्षको मंसिरमा भएको महाधिवेशनमा एमालेले एसलाई निमन्त्रणा दिएको थिएन । 

पार्टीले कारबाही गरेका सांसदले गठन गरेको दल अवैध भएको भन्दै एसलाई एमालेले महाधिवेशनमा निमन्त्रणा दिएको थिएन । नेपाली कांग्रेसको महाधिवेशनका क्रममा ओली र माधव नेपाल एउटै मञ्चमा उपस्थित भए पनि बोलेका थिएनन् । 

गत पुस ११ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को शपथग्रहण समारोहमा ओली र नेपालबीच लामो समयको संवादहीनता तोडिएको थियो । राष्ट्रपति निर्वाचनको सन्दर्भमा ओलीले माधव नेपालको नाम समेत प्रस्ताव गरेका थिए । 

पार्टी एकता गर्ने र माधव नेपाललाई राष्ट्रपति बनाउने ओलीको योजना भने सफल हुन सकेन । परिस्थिति बदलिएकाले माधव नेपालको पार्टीसँग सम्बन्ध विस्तारको काम अगाडि बढेको एमालेका नेताहरू बताउँछन् । 

हेर्नुहोस्, पत्र :

null
 

salt training

कमेन्ट गर्नुहोस्