३० जेठ २०८३, शनिबार

साथीले आफ्नी प्रेमिकालाई सताएपछि वीभत्स हत्या !

फागुन १४, २०७९
साथीले आफ्नी प्रेमिकालाई सताएपछि वीभत्स हत्या !

भारतको तेलंगानामा इन्जिनीयरिङ पढिरहेका एक युवकले आफ्ना साथीको वीभत्स हत्या गरेका छन् । 

साथीले आफ्नी प्रेमिकालाई सताएको भन्दै ती युवकले साथीको हत्या गरेका हुन् । हत्यापछि उनले लाशको छाती र पेट काटेका थिए । अनि साथीको लिंग पनि उनले छिनाएका थिए । 

घटना गत १८ फेब्रुअरीमा भएको हो । हैदराबादभन्दा बाहिर रहेको पेड्डा अंबरपेट नामक स्थानमा घटना भएको हो । 

पीडित नलगोंडास्थित महात्मा गान्धी इन्जिनीयरिङ कलेजमा अध्ययनरत २२ वर्षीय विद्यार्थी हुन् । 

हत्या गर्ने युवक आफैंले प्रहरीसमक्ष अपराध कबुल गरेका हुन् । 

पीडित परिवारले न्यायको माग गर्दै शनिवार प्रहरी कार्यालयमा धर्ना दिएका थिए । 

प्रहरीले सोधपुछ गर्दा हत्याको कारण प्रेम र ईर्ष्या भएको पत्ता लगाएको छ । 

पीडित नवीन र आरोपित कृष्ण दिलसुखनगरमा सँगै पढ्थे । नवीन एक युवतीलाई प्रेम गर्थे । तर दुई वर्षपछि उनीहरूबीच झगडा भयो अनि उनीहरू छुट्टिए । 

त्यसपछि युवती कृष्णसँग नजिकिइन् । उनीहरूबीचको सम्बन्ध घना बन्दै गयो । 

ब्रेकअपपछि नवीनले युवतीलाई बारम्बार फोन र मेसेज गरेर हैरान गर्ने गरेका थिए । युवतीले कृष्णलाई आफ्नो पीडा सुनाएकी थिइन् । त्यसपछि कृष्णले नवीनलाई मार्ने निर्णय गरेका थिए । 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्