
दक्षिण कश्मीरको पुलवामा जिल्लामा आतंकवादीले एक कश्मीरी पण्डितलाई गोली हानी हत्या गरेका छन्।
घाइतेलाई अस्पताल लगिए पनि उनको बाटोमै मृत्यु भएको थियो । ४० वर्षीय सञ्जय शर्मा नाम गरेका पण्डित आफ्नी श्रीमतीसँग बिहान १०ः३० बजे बजार जाँदै गरेका थिए। आतंकवादीले उनलाई त्यतिबेला गोली हानेका भारतीय सञ्चारमाध्यमले लेखेका छन्।
सञ्जय त्यहाँको आचन गाउँमा बैंकमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए ।
अक्टोबर २०२२ पछि कश्मीर उपत्यकामा यो पहिलो टार्गेट किलिङ हो। यसअघि २०२३ जनवरी १ मा दुई अज्ञात व्यक्तिहरूले जम्मूको राजौरीको माथिल्लो डंगरी गाउँमा प्रवेश गरी हिन्दुलाई गोली हानेका थिए।
दुर्घटनामा दुई बालबालिकाको मृत्यु भएको थियो ।