
रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले शुक्रबार मकवानपुर मनहरी -८ सिम्पानीमा अवस्थित श्री मनहरी बहुमुखी क्याम्पसलाई ल्यापटप, कम्प्युटर, प्रिन्ट, प्रोजेक्टरसहित शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।
शुक्रबार आयोजित सो कार्यक्रममा रिद्धि सिद्धि सिमेन्टका प्रमुख कार्यकारी अधिकृत गुण बहादुर खनालले कार्यक्रमलाई सम्बोधन गर्दै भने, 'हाम्रो सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लाकै विकट क्षेत्र (राक्सिराङ्ग कैलास, मनहरी) लगायतका क्षेत्रका आर्थिक रुपमा विपन्न विधार्थीहरुले लाभान्वित हुने गरी हामीले यो शैक्षिक सामग्री वितरण गरेका हौं ।'
उक्त कार्यक्रममा क्याम्पसका अध्यक्ष तथा पूर्वसांसद ओम बहादुर घलानले कम्पनीको सहयोगप्रति मन्तव्य तथा आभार व्यक्त गर्दै उद्योग सञ्चालन र विकासका लागि सो भेगका जनताले सहयोग गर्ने विश्वास पनि व्यक्त गरे ।
कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ।