०९ असार २०८३, मंगलबार

सन्दीप लामिछाने विरुद्धको मुद्दाः सर्वोच्चको बन्द इजलासमा दोस्रो दिनको सुनुवाइ शुरु

फागुन १५, २०७९
सन्दीप लामिछाने विरुद्धको मुद्दाः सर्वोच्चको बन्द इजलासमा दोस्रो दिनको सुनुवाइ शुरु

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आजको सुनुवाइ शुरु भएको छ । आइतबार जस्तै सोमबार पनि बन्द इजलासमा सुनुवाइ शुरु भएको हो । 

लामिछानेका तर्फबाट केही कानून व्यवसायीले बहस गर्न बाँकी रहेकोले उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखिएको थियो । 

लामिछाने कारागारमा धरौटी तारेखमा रहने वा नरहने, विदेश जान पाउने वा नपाउने भन्ने विषयमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा तोकिएको पेशीका क्रममा आज सरकारी पक्षबाट तथा लामिछानेका तर्फबाट केही कानून व्यवसायीले बहस गरेका थिए ।

सर्वोच्चले उनलाई विदेश पनि जान पाउने गरी बाटो खोले उनी पपुवा न्युगिनी र युएईविरुद्धको सिरिज खेल्न युएई जान पाउनेछन् । 

सन्दीपले विश्व क्रिकेट लिग २ मा  सहभागिताका लागि निवेदन दिएका थिए । यसमा शुक्रवार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अग्राधिकार दिएर संयुक्त इजलासमा पेशी तोक्न आदेश गरेको थियो ।

उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा रिहा गर्नेगरी आदेश दिएपछि सन्दीप छुटेका थिए । सरकारले सर्वोच्च अदालतमा गरेको पुनरावेदनको निवेदन तथा लामिछानेले यूएई जान पाऊँ भन्दै दिएको निवेदनसमेत साथै राखेर सुनुवाइ भइरहेको हो ।

salt training

कमेन्ट गर्नुहोस्