२१ असार २०८३, आइतबार

पीएनजीविरुद्ध नेपालले पायो २०४ रनको मध्यम लक्ष्य

फागुन १५, २०७९
पीएनजीविरुद्ध नेपालले पायो २०४ रनको मध्यम लक्ष्य

आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ मा पपुवा न्युगिनीले नेपाललाई जितका लागि २०४ रनको लक्ष्य दिएको छ। 

युएईमा भइरहेकाे खेलमा टस हारेर ब्याटिङमा उत्रिएको पीएनजीले पूरा ओभर खेल्दै ९ विकेटको क्षतिमा २०३ रन बनायो। उसका कुनै पनि ब्याटरले अर्धशतक भने बनाउन सकेनन्। 

नेपालका गुल्सन झाले ३ विकेट लिए भने कुशल मल्लले २ विकेट लिए। 

नेपालसँग २८ खेलबाट २६ अंक छ।

शीर्ष तीनमा परेर एक दिवसीय विश्वकप छनोटमा खेल्न नेपालले बाँकी ८ मध्ये ५ भन्दा बढी खेलमा जित निकाल्नुपर्ने हुन्छ ।

यसैले सहभागी सात टिममध्ये पुछारमा रहेको पपुवा न्युगिनीविरुद्धको खेल नेपालको लागि निक्कै महत्वपूर्ण हुनेछ । उसँगका दुवै खेल जित्न सके नेपालको अंक ३० पुग्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्