२६ असार २०८३, शुक्रबार
एमालेका ८ मन्त्रीहरूको राजीनामा

एमालेबाट सरकारमा गएका मन्त्रीहरूले बुझाए राजीनामा

फागुन १५, २०७९
एमालेबाट सरकारमा गएका मन्त्रीहरूले बुझाए राजीनामा

आज (सोमबार) मात्रै समर्थनसहित सरकारबाट बाहिरिने निर्णय गरेको नेकपा एमालेका ८ जना मन्त्रीहरूले राजीनामा दिएका छन्। 

उनीहरूले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा दिएका हुन्। 

एमाले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा सरकारमा गएको थियो। उनीसहित परराष्ट्रमन्त्री विमला राई पौड्याल, भूमि सुधार, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राई, कृषिमन्त्री ज्वालावकुमारी साह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, सहरी विकास मन्त्री दामोदर भण्डारी र स्वास्थ्यमन्त्री पदम गिरी र रक्षामन्त्री हरी उप्रेतीले राजीनामा दिएका हुन्। 

salt training

कमेन्ट गर्नुहोस्