
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्।
दोलखा मेलुङ गाउँपालिका-५ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने २३ वर्षीय जय थापालाई प्रहरीले आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।
उनले किशोरीलाई आफ्नै कोठामा फागुन ७ गते राति जबर्जस्ती करणी गरेको भन्ने उजुरी परेको थियो।
प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई मध्यपुर ठिमी नगरपालिका-६ पुरानो ठिमीबाट पक्राउ गरेको हो ।
त्यस्तै १५ वर्षीया किशोरीलाई जबर्जस्तीकरणी गरेको अभियोगमा भोजपुर षडानन्द नगरपालिका-७ भदौरे बस्ने २६ वर्षीय हरि कुमार भन्ने हरि श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही नगरपालिका-६ मठेटारस्थित कच्ची बाटो नजिक श्रेष्ठले ती किशोरीलाई शनिबार साँझ जबर्जस्ती करणी गरेको भन्ने उजुरी परेको थियो।
इलाका प्रहरी कार्यालय दिङ्ला भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।