०४ साउन २०८३, सोमबार

सांसद र पूर्वमन्त्री भ्रष्टाचारी ठहर भएको मुद्दामा ५ जनाले पाए सफाइ

फागुन १६, २०७९
सांसद र पूर्वमन्त्री भ्रष्टाचारी ठहर भएको मुद्दामा ५ जनाले पाए सफाइ

एक प्रतिनिधिसभा सदस्य (हाल निलम्बित) र अर्का पूर्वमन्त्री भ्रष्टाचारी ठहर भएको मुद्दामा पाँच जनाले भने सफाइ पाएका छन् । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा सांसद टेकबहादुर गुरुङ र पूर्वमन्त्री बद्री न्यौपानेसहित ९ जना भ्रष्टाचारी ठहर हुँदा ५ जनाले भने सफाइ पाएका हुन् ।  

विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार  १४ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । सो मुद्दामा विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले ९ जनालाईलाई दोषी ठहर गरेको हो । 

सफाइ पाउनेहरूमा बल बहादुर स्वार, मजन मरासैनी, प्रेम सिंह धामी, जगदेब चौधरी र रत्न बहादुर गाहा मगर रहेका छन् । अख्तियारले १४ जनाविरुद्ध २०७५ माघ १२ गते मुद्दा दायर गरेको थियो । यो मुद्दामा सजाय निर्धारण गर्न भने फागुन २५ गतेलाई पेशी तोकिएको छ।

salt training

कमेन्ट गर्नुहोस्