२४ असार २०८३, बुधबार

वामदेवलाई भेट्न भैँसेपाटी पुगे ओली

फागुन १७, २०७९
वामदेवलाई भेट्न भैँसेपाटी पुगे ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकता अभियानको संयोजक एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमसँग भेटवार्ता गरेका छन् ।

गौतमलाई भेट्न ओली बुधवार दिउँसो उनकै निवास भैँसेपाटी पुगेका हुन् । राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा ओलीलाई वामदेवलाई भेटेर सहयोग मागेको उनको सचिवालयले जनाएको छ ।

राष्ट्रपतिमा एमालेले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय सभा सदस्यका रूपमा गौतम पनि राष्ट्रपति चुनावका मतदाता हुन् ।

राष्ट्रपति चुनावमा कांग्रेससहित ८ दलले रामचन्द्र पौडेललाई उम्मेदवार बनाएका छन् ।

शुरूमा नेकपा एमाले र त्यसपछि नेकपा छँदा सहयात्री रहेका ओली र गौतम अहिले अलग-अलग राजनीतिक यात्रामा छन् ।

salt training

कमेन्ट गर्नुहोस्