
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय निजामती ऐन र प्रहरी समायोजन ऐनमा सरकारको भविष्य जोडिएको बताएका छन्।
बुधबार जनकपुरमा आयोजित मधेश प्रज्ञा प्रतिष्ठानको शुभारम्भ कार्यक्रममा उनले सरकारले चाँडै नै संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन पास गर्नुपर्ने बताए।
उनले प्रदेश सरकारको आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र साधनस्रोत नहुँदा आवश्यक्ताअनुसार काम गर्न नसकेको दाबी गरे।
अध्यक्ष यादवले संघीय निजामती ऐन तत्काल पास गरेर प्रदेशमा कर्मचारीतन्त्र स्थापना गर्नुपर्ने र प्रहरी समायोजन गरी प्रदेशलाई हस्तान्तरण गर्न जरुरी भइसकेको बताए।
अध्यक्ष यादवले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउने आवाज उठे पनि अब सम्भव नरहेको दाबी गरे।
उनले लोकतन्त्र र गणतन्त्रको विकल्प अरू हुनै नसक्ने जिकिर गरे।