आईसीसी क्रिकेट विश्वकप लिग टुमा यूएईविरुद्ध दबाबमा परेको नेपाली टोलीका लागि कुशल मल्लले अर्धशकीय पारी खेलेका छन् ।
२०८ रनको विजयी लक्ष्य पछ्याउने क्रममा मल्लले ४२ बलमा ५२ रन जोडी अर्धशतक पूरा गरेका हुन् ।
यो समाचार तयार पार्दासम्म नेपालले १७ ओभरमा ५ विकेट गुमाएर ९६ रन जोडेको छ ।
आसिफ शेख १७ र कुशल भुर्तेल ५ रन जोडेर आउट हुँदा ज्ञानेन्द्र मल्ल, आरिफ शेख र रोहित पौडेलले रनको खाता खोल्न सकेनन् ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन जोडेको थियो ।
शीर्ष ३ मा पर्दै विश्वकप क्वालिफायरमा सिधै स्थान बनाउन दुवै टोलीलाई जित्नै पर्ने दबाब छ ।