२७ जेठ २०८३, बुधबार

बागलुङमा २ वर्षे छोरीको हत्या गर्ने बुवा पक्राउ

फागुन १८, २०७९
बागलुङमा २ वर्षे छोरीको हत्या गर्ने बुवा पक्राउ
प्रतिकात्मक तस्वीर

बागलुङ जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवा मौलाछमा २ वर्षकी बालिका असरा खातुनको बुधवार साँझ हत्या गरेको आरोपमा प्रहरीले उनका बुवा २७ वर्षीय सायरदिन मियाँलाई पक्राउ गरेको छ ।

बालिकाकी आमा नभएको मौकामा छोरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए । 

मियाँले मादक पदार्थ तथा लागूऔषध सेवा गर्दै आएको र पत्नीलाई कुटपिट गरे माइत लखेटेको बुझिएको छ । प्रहरीले बालिकाको शव परीक्षणका लागि बागलुङ ल्याएको छ ।

आरोपित मियाँलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याइएको थापाको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्