काठमाडौं, ९ भदौ — नेपाल आइडलबाट सुजाता पाण्डे बाहिरिएकी छिन् । शुक्रबार भएको आइडलको अन्तिम ५ को प्रतिस्पर्धाबाट सुजाता बाहिरिएकी हुन् ।
प्रतिस्पर्धामा ५ प्रतियोगिबाट बुद्ध लामा, प्रताप दास र सुजाता पाण्डे बटम थ्रीमा गरेका थिए । जसमा सबैभन्दा कम भोट आएको आधारमा पाण्डे बाहिरिएकी हुन् ।
अब अन्तिम ४ मा बुद्ध र प्रतापका साथै निशान भट्टराई र सागर आलेबीच प्रतिस्पर्धा हुनेछ ।
