२२ असार २०८३, सोमबार

उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

फागुन २०, २०७९
उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
प्रतिकात्मक तस्वीर

शनिवार देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । 

आइतवार पनि देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्