
देशको विभिन्न स्थानबाट व्यक्तिहरु मृत भेटिएका छन् । प्रहरीले दिएको जानकारी अनुसार सल्यानको शारदा नगरपालिका –१ श्रीनगरस्थित सुके खोलाको छेउमा सोही ठाउँ बस्ने ५५ वर्षीय यज्ञबहादुर राई शनिबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै, धनकुटाको महालक्ष्मी नगरपालिका–४ जिमीगाउँ बस्ने ३५ वर्षीया चन्द्रमाया मगर आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छन् । सोहीअनुसार संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटार डेरागरी बस्ने भोजपुर षडानन्द नगरपालिका –१० घर भएकी ३७ वर्षीया सम्झना राई खाँदबारी नगरपालिका –९ सिंदुरे पुछारस्थित अरुण नदीमा शनिबार मृत अवस्थामा फेला परेकी छन् ।
यसैगरी, संखुवासभाको पाँचखपन नगरपालिका–२ रिठ्ठे याङ्मा दोभान बस्ने ६६ वर्षीय बीरबहादुर भन्ने मणीकुमार राई सोही ठाउँस्थित बगरमा शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै, सर्लाहीको हरिवन नगरपालिका –१० धरहरा बजारमा पहिचान नभएको अन्दाजी ६५ वर्षीय पुरुष गएराति मृत अवस्थामा फेला परेका छन् । यसैबीच काठमाडौं महानगरपालिका–८ पशुपतिस्थित दक्षिणा मूर्ती नजिकै पहिचान खुल्न बाँकी रहेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार पर्वतको कुश्मा नगरपालिका –१ मालढुङगास्थित कालीगण्डकी नदीमा पहिचान खुल्न बाँकी रहेका अन्दाजी ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । घटनाबारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।