
माओवादी सशस्त्र जनयुद्ध लडेका नेताहरू एउटै मञ्चमा देखिएका छन् ।
शहीद तथा बेपत्ता योद्धा र सन्तती फाउण्डेसनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा माओवादी घटकका नेताहरू एकै ठाउँमा भेला भएका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', पूर्वप्रधानमन्त्री एवं नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईलगायत नेताहरू उपस्थित छन् ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोलालगायत पनि सहभागी छन् ।
नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यलाई समेत आमन्त्रण गरिएको आयोजकले जनाएका छन् ।
सशस्त्र द्वन्द्वसम्बन्धी कार्यक्रममा उनीहरू एक ठाउँमा उभिने गरेका छन् ।
शुक्रबार मात्र सर्वोच्च अदालतले द्वन्द्वकालीन विषय सरोकार राख्ने एउटा मुद्दा दर्ता गर्न आदेश दिएको थियो ।
प्रचण्डले एक सार्वजनिक कार्यक्रममा ५ हजार जनाको मृत्युको जिम्मा लिन्छु भनी दिएको अभिव्यक्तिविरुद्ध रिट सम्भवतः आजै दर्ता हुँदैछ ।