फागुन २८, २०७९
पाल्पाको तानसेनस्थित धवल पुस्तकालय प्रदान गर्दै आएको धवल दीर्घ साधना पुरस्कार वरिष्ठ साहित्यकार शशि पन्थी र धवल सिर्जना पुरस्कार कृष्ण उपन्यासका लेखक डा. शंकरप्रसाद गैरेलाई अर्पण गरिएको छ । पुरस्कारको राशी नगद २...
कवि श्यामबहादुर भावुकद्वारा रचित ‘फेरि जन्मन्छन् जन्मदैनन्’ काव्यकृतिको लोकार्पण गरिएको छ।
दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको आयोजना तथा प्राध्यापक एवम् प्राज्ञ दिनेशराज पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न एक समारोहबीच कृति लोकापर्ण गरिएको हो।
ब्रह्मवेत्ताचार्य अर्जुन विरक्ति तोत्रियको जीवनकथामा आधारित उक्त लोककाव्यको लोकार्पण गर्दै प्रा. दिनेशराज पन्तले ‘लोकलयमा लेखिएका यस्ता कृतिहरू सर्वसाधारणले पनि बुझ्न सक्ने र जनमानसमा गहिरो प्रभाव छाड्न सक्ने भएकाले कवि भावुकले एउटा असल व्यक्तिको जीवनकथामा आधारित कृति लेखेर नेपाली साहित्यमा महत्वपूर्ण योगदान गरेको’ उल्लेख गरे।
उक्त कार्यक्रममा प्रमुखवक्ता प्रा.डा. रामप्रसाद ज्ञवालीले कृतिभित्रको सारतत्वलाई केस्रा केस्रा केलाएका थिए भने कृतिनायक अर्जुन विरक्ति तोत्रिय, कृतिकार श्यामबहादुर भावुक र कवि यादव भट्टराईले पनि आ–आफ्ना विचार व्यक्त गरेका थिए।
कृतिभित्रका केही लाइन कविता पाठ गर्ने कविहरूमा डिल्लीप्रसाद मुलतिहुन, श्रीराम पौडेल, विष्णुमाया पौडेल, शिवनारायण जोशी, उर्मिला कोइराला र दीपशिखा मुखिया थिए।
प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गोरक्ष पीठाधीश श्रीनाथ योगीजीले आशीर्वचन प्रदान गरेका थिए।
भूमिकालेखक त्रय प्रा.डा दुर्गाप्रसाद अर्याल, कवि भुवनहरि सिग्देल र हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेलले पनि शुभकामना दिएका थिए।
प्रायोजकको तर्फबाट कृष्ण अधिकारी र प्रकाश गौतमले यस्तो विशिष्ट कार्यक्रममा सहभागी हुन पाएकोमा कृतज्ञता प्रकट गरेका थिए।
पाल्पाको तानसेनस्थित धवल पुस्तकालय प्रदान गर्दै आएको धवल दीर्घ साधना पुरस्कार वरिष्ठ साहित्यकार शशि पन्थी र धवल सिर्जना पुरस्कार कृष्ण उपन्यासका लेखक डा. शंकरप्रसाद गैरेलाई अर्पण गरिएको छ । पुरस्कारको राशी नगद २...
विगत ३ दशकदेखि नेपाली साहित्यमा पृथक पहिचान बनाएका लेखक रवीन्द्र समीरको १३औं पुस्तक कोरोनातन्त्र बजारमा आएको छ । लघुकथा विधाका अब्बल सर्जक समीरको यो दशौं लघुकथा संग्रह हो भने दोस्रो उपन्यास पनि हो । कोरोना...
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीबाट लेखिएको ‘नइ र मेरो शताब्दी’ नामक निबन्ध कृतिको लोकार्पण गरेका छन् । सो कृतिका सम्पादक रहेका जोशीका ...
प्रसिद्ध साहित्यकारद्वय वैरागी काइँला र गोपाल पराजुलीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ । साहित्यकार डा वानीरा गिरीको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि एक लाख ५० हजार रुपै...
१० बुँदे विराटनगर घोषणापत्र जारी गर्दै ३ दिने नेपाल–भारत साहित्य महोत्सव सम्पन्न भएको छ । विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा विराटनगरमा जारी ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...