२० असार २०८३, शनिबार

आफ्नो भूमिमा पाखुरा बजार्नु नै राष्ट्रियता र देशभक्ति हो- रामचन्द्र पौडेल

फागुन २१, २०७९
आफ्नो भूमिमा पाखुरा बजार्नु नै राष्ट्रियता र देशभक्ति हो- रामचन्द्र पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउने बताएका छन्। 

आइतबार नेपाल ट्रेड युनियन कांग्रेसको ७७ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा पौडेलले राष्ट्रलाई बढाउन श्रमको सम्मान गर्नुपर्ने बताए।

उनले आफ्नो गाउँघरका खेतबारी बाँझो राखेर खानेकुरा विदेशबाट आयात गरेर खाइराखेको अवस्था रहेको भन्दै त्यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताए। 

उनले आफ्नो भूमिमा पाखुरा बजार्नु नै राष्ट्रियता र देशभक्ति भएको उल्लेख गरे।

वरिष्ठ नेता पौडेलले श्रम गर्ने जनतालाई राज्यले सम्मान गर्नुपर्ने र श्रम गर्नलाई प्रेरित गर्नुपर्ने बताए। 

उनले श्रम गरेर बाँच्न सबैलाई आग्रह गरे। श्रम गर्दा शरीर स्वस्थ रहने भन्दै उनले शरीरलाई स्वस्थ बनाइराख्न पनि श्रम आवश्यक रहेको बताए। 

salt training

कमेन्ट गर्नुहोस्