३० जेठ २०८३, शनिबार

होली शुरू भएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीको कडाइ

फागुन २२, २०७९
होली शुरू भएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीको कडाइ

होली मनाउन शुरू भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।

 काठमाडौं उपत्यकामा आज बिहानैदेखि होली मनाउन शुरु भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

होली पर्वको अवसरमा मानिसहरू उच्छृंखल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ पिएर सवारीसाधन चलाउने गतिविधिहरू हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । 

काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तीपथ, दरबारमार्ग, भद्रकाली र बग्गीखानालगायत स्थानमा प्रहरीले चेकजाँच गरिरहेको छ।

नेपाल प्रहरीले होलीलाई सुव्यवस्थित बनाउन सबैले सतर्कसाथ होली खेल्न आग्रह गरेको छ ।

साथै प्रहरीले सम्भावित दुर्घटना हुन नदिन घरको छतलगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्