
स्पेनिस ला लिगामा गएराति भएको खेलमा शीर्ष स्थानको बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग अंक दूरी बढाएको छ।
राफिन्हाले १५ औं मिनेटमा गरेको एक मात्र गोल भ्यालेन्सियाविरुद्ध बार्सिलोना जित दिलाउन पर्याप्त रह्यो। डिफेन्डर अराउहोले ५९ औं मिनेटमा रातो कार्ड खाएपछि बार्सिलोना दोस्रो हाफमा १० खेलाडीमा सीमित भएको थियो।
रातो कार्ड खाएपछि बार्सिलोना दबाबमा परे पनि भ्यालेन्सियाले गोल गर्न नसकेपछि हार बेहोर्न बाध्य भयो।
जितपछि बार्सिलोनाले २४ खेलबाट ६२ अंक बनाएको छ। दोस्रो स्थानको रियल मड्रिडभन्दा उसको ९ अंक बढी छ।
आज बिहान सकिएको अर्को खेलमा भने रियल मड्रिड रियल बेटिसँग गोलरहित बराबरीमा रोकिएको छ। बेटिसको मैदानमा गोल गर्न नसेकेको रियलको लिगमा यो लगातार दोस्रो बराबरी हो।
समान २४ खेलमा रियलको यो पाँचौँ बराबरी हो। उसको लिगमा ५३ अंक छ।