२८ जेठ २०८३, बिहीबार

प्रधानमन्त्री प्रचण्डद्वारा नेता उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण

फागुन २२, २०७९
प्रधानमन्त्री प्रचण्डद्वारा नेता उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार निधन भएका नेकपा एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा पुगेर प्रधानमन्त्री दाहालले नेता उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

शनिवार काठमाडौंको शंखमूलस्थित एक रेष्टुरेन्टबाट खसेर नेता उपाध्यायको निधन भएको थियो । उपाध्याय एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका भाइ हुन् । प्रधानमन्त्री दाहालले अध्यक्ष नेपाल र उनको परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।

दिवंगत नेता उपाध्यायको अन्तिम श्रद्धाञ्जलिका लागि पार्थिव शरीर पार्टी कार्यालयमा राखिएको थियो । एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताले पनि दिवंगत नेता उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्