२३ जेठ २०८३, शनिबार

‘धनगढीको बसमा ३’ सार्वजनिक [भिडियो]

फागुन २६, २०७९
‘धनगढीको बसमा ३’ सार्वजनिक [भिडियो]

‘रेलैमा रेलैमा’ बोलको गीत सार्वजनिक गरिएको छ । शुक्रवार बिहान सार्वजनिक यो लोकदोहोरी गीत ‘धनगढीको बसमा–३’का रुपमा ल्याइएको हो । 

अमृत सापकोटा, समीक्षा अधिकारी र कमला घिमिरेले गाएको ‘धनगढीको बसमा’ स्रोता एवं दर्शकहरुले निकै रुचाएको गीत हो ।

चार महिनाअघि सार्वजनिक ‘धनगढीको बसमा २– लाहुरे झोलाको’ गीतलाई पनि स्रोता दर्शकहरुले रुचाएसँगै ‘धनगढीको बसमा ३– रेलैमा रेलैमा’ ल्याइएको हो । 

यो गीतमा अमृत सापकोटा, समीक्षा अधिकारी र पूजा देवकोटाले स्वर दिएका छन् । नेत्र अर्यालको शब्द, गोविन्द पंगेनीको संगीत रहेको गीतलाई विनोद बाजुरालीले एरेन्ज गरेका हुन् । 

अहिलेका व्यस्त र सफल निर्देशक काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशन यस गीतको भिडियोमा हेर्न सकिन्छ ।

भिडियोमा मोडल गोविन्द भट्टराई, मिस पबि, गायिकाद्धय समीक्षा अधिकारी र कमला घिमिरे लगायतका कलाकारहरू प्रस्तुत छन् ।

अजय रेग्मी र उनको टिमको छायाँकन रहेको भिडियो विकास ज्ञवालीको सम्पादनपछि ‘विशाल इन्टरटेन्मेन्ट’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

भिडियोका निर्माता ज्योति तिवारी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्