०३ असार २०८३, बुधबार

पृथ्वी राजमार्ग भोलिदेखि १५ दिनसम्म दैनिक ४ घण्टा बन्द हुने

फागुन २७, २०७९
पृथ्वी राजमार्ग भोलिदेखि १५ दिनसम्म दैनिक ४ घण्टा बन्द हुने
फाइल फोटो

पृथ्वी राजमार्गअन्तर्गत बिमलनगरदेखि घाँसी कुवासम्मको पूर्वी सडकखण्ड १५ दिनसम्म दैनिक ४ घण्टा पूर्णरुपमा बन्द गरिने भएको छ । 

फागुन २८ देखि चैत १२ गतेसम्म राति १२ बजेदेखि बिहान ०४ बजेसम्म दैनिक बन्द गर्न लागिएको हो । 

अत्यावश्यक सवारीसाधान बाहेक अन्य सवारी साधानमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए । जिल्ला सुरक्षा समितिको शुक्रवारको बैठकले निर्णय गरेको हुँदा सम्बन्धित सबै सरोकारवालाको लागि सूचनामार्फत जानकारी गराइएको उनले बताए ।

उक्त समय अवधिमा अत्यावश्यक सवारीसाधन बाहेक अन्य सवारीसाधन पूर्ण रूपमा बन्द गरी सुरक्षित तरिकाले काम गर्ने गरी राजमार्ग बन्दको व्यवस्था मिलाइएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्