०२ साउन २०८३, शनिबार
उम्मेदवारी दर्ता

उपराष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता

फागुन २७, २०७९
उपराष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता

काठमाडौं । ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनको लागि एमालेले अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता गराएको छ ।

संसद भवनको ल्होत्से हलमा पुगेर एमालेका शीर्ष नेताहरूले उपराष्ट्रपतिको उम्मेदवारमा शाक्यको नाम दर्ता गराएका हुन् । 

उम्मेदवारी दर्ताका एमालेका शीर्ष नेताहरू बानेश्वर पुगेका थिए । 

राष्ट्रपतिमा यस अघि कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलसँग एमालेका सुवासचन्द्र नेम्वाङ पराजित भएका थिए । खस आर्यतर्फ पुरुष राष्ट्रपति बनेपछि निर्वाचन आयोगले महिला उपराष्ट्रपतिको उम्मेदवार हुनुपर्ने आशय व्यक्त गरेको छ । यसैले सत्ता गठबन्धनमा भने अन्योल देखिएको छ । 

सत्ता गठबन्धनतर्फ जनमतकी ममता झाले उम्मेदवारी दर्ता गराइसकेकी छन् । जसपाबाट रामसहाय यादव र प्रमिला यादवले पनि उम्मेदवारी दर्ता गराउँदैछन् ।

salt training

कमेन्ट गर्नुहोस्