११ साउन २०८३, सोमबार

खेलपछि सन्दीपले भने– यही टोलीले नेपाललाई विश्वकप छनोटमा पुर्‍याउँछ

फागुन २९, २०७९
खेलपछि सन्दीपले भने– यही टोलीले नेपाललाई विश्वकप छनोटमा पुर्‍याउँछ

नेपाली क्रिकेट टीमा स्टार स्पिनर सन्दीप लामिछानले मोन्टी देशाइले नेपाली टोली सम्हालेपछि टोली सकारात्मक तरिकाले अगाडि बढिरहेको र यही टोलीले जिम्बाब्वे यात्रा (विश्वकपको ग्लोबल छनोट) तय गर्ने विश्वास व्यक्त गरेका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सोमवार सम्पन्न खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले अहिलेको टोली सकारात्मक तरिकाले अगाडि बढिरहेको बताएका हुन् । 

उनले केही समयअघि नेपाली टोली कठिन अवस्थामा रहेको र नयाँ प्रशिक्षकको आगमनसँगै टोलीले नयाँ गति लिएको बताए । यही टोलीमा खेलाडीको राम्रो तालमेल रहेको भन्दै उनले आगामी दिनमा नेपाली क्रिकेट अझै राम्रो हुने प्रतिक्रिया दिए ।

लामिछानेले सोमवार पीएनजीबिरुद्ध ९ विकेटको फराकिलो जीत निकाल्दा नेपाल अब विश्वकप छनोट पुग्न एक कदम मात्र टाढा छ । सन्दीपले यही खेलमा ५ विकेट निकाल्दा प्लेयर अफ दी म्याच पनि घोषित भए । 

यस्तै अर्का स्पिनर ललितनारायण राजवंशीले सन्दीप सम्मिलित टोलीमा दुई स्पिनरबीच अट्याकिङ र रन रोक्ने रणनीतिमा तालमेल बनाउँदै खेल सहज हुने बताए । उनले प्रशिक्षकको रणनीतिअनुसार खेल्न पाउँदा आफू खुशी रहेको प्रतिक्रिया दिए ।

नेपालका लागि अर्धशतकीय पारी खेल्दै जीतसम्म डोहोर्‍याएका ओपनर आसिफ शेखले सहज बललाई खेल्ने र कठिन बललाई सामना मात्र गर्ने रणनीति भए पनि परिस्थितिअनुसार खेल्दा पीएनजीविरुद्ध सहज सफलता मिलेको बताए ।

ओपनिङको रूपमा मैदान प्रवेश गर्दा आफ्नो मानसिकता धेरै रन बटुल्ने हुने र टीमको मनोबल उच्च बनाउने हुने गरेको आसिफले बताए ।

अर्का ओपनर कुशल भुर्तेलले हरेक खेल महत्त्वपूर्ण हुने भन्दै आफ्नै शैलीमा खेल्दा आफूलाई सफलता मिलेको बताए ।

प्रशिक्षकलाई कुन खेलाडीबीच कस्तो तालमेल हुने र कस्तो खेल्ने थाहा भइसकेको र सो अनुसार रणनीति बनाउने गरेको उनले बताए ।

प्रशिक्षकको रणनीति अनुसार खेल्न आफू सफल भएको उनको प्रतिक्रिया छ ।

लीग– २ अन्तर्गत अब नेपालले अन्तिम खेल युएईसँग बिहीवार खेल्नेछ । त्यसअघि बुधवार युएई र पीएनजीबीच खेल हुने तालिका छ । 

salt training

कमेन्ट गर्नुहोस्