२० असार २०८३, शनिबार

तिर्थालु बोकेको बस भलाडाँडामा दुर्घटना

फागुन ३०, २०७९
तिर्थालु बोकेको बस भलाडाँडामा दुर्घटना

तिर्थालु भक्तजन बोकेको बस सोमबार दुर्घटना भएको छ । जिल्लाको सन्धिखर्क नगरपालिका २ भलाडाँडामा बा ५ ख २७६३ नम्बरको बस दुर्घटना भएको हो । तर मानवीय क्षति नभएको स्थानीय प्रहरीको भनाइ छ । 

प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर काठमाडौं  फर्कनेक्रममा गाडीको ब्रेक फेल भई दुर्घटना भएको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । बसको अगाडि भागमा क्षति भएको छ । मानवीय क्षति नभएकाले तिर्थालुहरुलाई अर्को गाडीमा काठमाडौंतर्फ पठाइएको रिजालले बताए । 

salt training

कमेन्ट गर्नुहोस्