२१ असार २०८३, आइतबार

कपिलको शोमा शूटिङ नगरी फर्के मनोज तिवारी, कारण यस्तो

कात्तिक २०, २०७४
कपिलको शोमा शूटिङ नगरी फर्के मनोज तिवारी, कारण यस्तो

काठमाडौं, ११ भदौ — द कपिल शर्मा शोको एकचोटि फेरि शूटिङ रद्द भएको छ ।


यसपल्ट शोमा प्रसिद्ध भोजपुरी अभिनेता, गायक तथा नेता मनोज तिवारी आएका थिए ।

पहिलापहिला कपिलको स्वास्थ्य खराब भएका कारण शोको शूटिङ रद्द भएको थियो । तर यसपल्ट मुम्बईमा कर्मचारीहरूको हडतालका कारण शूटिङ रद्द भयो । शूटिङ रद्द भएपछि मनोज दिल्ली फर्किए ।

मनोजलाई फेरि शूटिङका लागि बोलाइन्छ कि बोलाइँदैन भन्ने कुराको पुष्टि हुन सकेको छैन ।

आजकल मुम्बईमा सिनेमा कर्मचारीहरूले तलब वृद्धिको माग राख्दै अनिश्चितकालीन हडताल गरिरहेका छन् ।

यसकारण टीभी इन्डस्ट्रीमा नराम्रो असर पुगेको छ ।

हडताल बन्द भएपछि कपिलले शोको शूटिङ गर्न पाउलान् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्